प्रधानमन्त्रीले विवादित अभिव्यक्ति नसच्याएसम्म विरोध जारी रहन्छः सांसद शर्मा

काठमाडौं,१४ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताउनु भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्न नसकेको आरोप लगाउनु भएको छ ।

 

उहाँले लामो समयदेखि प्रधानमन्त्रीलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन आग्रह गर्दै आएको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउन पुनः अनुरोध गर्नु भएको छ । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने उहाँले बताउनु भयो । उहाँले भन्नु भयोे,‘ हामीले लामो समयदेखि प्रधानमन्त्रीज्यूलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन भनी नै रहेका छौँ । तर उहाँले यो संसदको कुनै मर्यादा कायम गर्नुभएको छैन । फेरि पनि म हाम्रो पार्टीको तर्फबाट, दलको तर्फबाट स्मरण गराउन चाहन्छु र यो रोष्टमबाट उहाँले जुन विवादित अभिव्यक्ति दिनुभएको थियो, त्यो सच्याउनका लागि अनुरोध गर्न चाहन्छु र अभिव्यक्ति नसच्याउन्जेलसम्म विरोध जारी रहने कुरा पनि मैले यहाँ भन्न चाहन्छु ।’

 

सांसद शर्माले सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिंगो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर घटनाबारे जानकारी गराउनुपर्ने बताउनु भयो । तर प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको जिम्मेवारीप्रति प्रश्न उठेको उहाँको भनाइ थियो ।

 

उहाँले भन्नु भयोे,‘सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिंगो देशलाई तरंगित बनाएको छ र स्तब्ध बनाएको छ । यस्तो संवेदनशील अवस्थामा पनि हाम्रा प्रधानमन्त्रीज्यूले संसदमा आएर देशभारलाई एउटा त्यहाँको विषयवस्तुबारे, त्यहाँको घटनाबारे र त्यहाँको समग्र अवस्थाबारे जानकारी दिनुपथ्र्यो तर प्रधानमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? न संसदलाई न कसैलाई जानकारी छ । उल्टो गृहमन्त्रीज्यूले धम्की दिँदै भन्नुहुन्छ, ‘कहिले, यो गृहमन्त्री चाहिएको छ भने लैजाऊ’ भनेर सार्वजनिक रूपमा भन्न र यस्तो अराजक गतिविधि के रे अभिव्यक्ति दिन भ्याउनुहुन्छ ।’

 

उहाँले गृहमन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै सरकार अभिभावकको भूमिकामा प्रस्तुत हुनुपर्ने धारणा राख्नु भयो । कप्तानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको मृत्युको जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उहाँको माग थियो । शर्माले विगतमा यस्ता घटनामा राज्य र सरकारको नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गर्ने वर्तमान नेतृत्वले अहिले पनि त्यही जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना