राजनीतिक रोटी सेक्न दुई समुदाय लडाउने काम बन्द गरौँ : सांसद मियाँ

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिना मियाँले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा भएको साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मियाँले पछिल्लो समय देशका विभिन्न जिल्लामा विभिन्न घटना भइरहेका उल्लेख गर्दै देवानगञ्जको घटनाले देशलाई स्तब्ध बनाएको बताउनु भयो।

 

‘विभिन्न जिल्लाहरूमा विभिन्न घटनाहरू घटे र त्यसमध्ये पनि एउटा संवेदनसिल घटनाले देशलाई स्तब्ध बनाएको छ,’ उहाँले भन्नु भयो, ‘देवानगन्चको कप्तानगन्जमा भएको मुस्लिम र हिन्दू समुदाय बिच द्वन्द्व मच्चियो । म सम्पूर्ण देशबासी र सम्पूर्ण राजनीतिक दललाई देशमा मिलेर बसेका दुईवटा धर्मका जातजतिहरुलाई आफ्नो राजनीतिक रोटी सेक्ने काम बन्द गर्नुहोस ।’ मियाँले धार्मिक सद्भावलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सबै राजनीतिक दललाई आग्रह गर्नु भयो।

 

उहाँले मुस्लिम र हिन्दु समुदायबीच उत्पन्न भएको द्वन्द्वप्रति दुःख व्यक्त गर्दै वर्षौंदेखि मिलेर बसेका दुई समुदायबीच विभाजन सिर्जना गर्ने गतिविधि रोक्न आग्रह गर्नु भयो। ‘तपाईँहरूले देशमा मिलेर बसेका दुईवटा सिधासाधा जनताहरूलाई लडाएर आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने जुन कदम चाल्नु भएको छ त्यसप्रति म घोर आपत्ति जनाउन चाहन्छु,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं,१४ साउन । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद

लघुवित्त पीडितसँग वार्ता गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

काठमान्डौं, १४ साउन।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्नुभएको छ। बिहीबार बसेको मन्त्रिस्तरीय निर्णयबाट

सशस्त्रको भीषण आक्रमण, ९ जना प्रहरीको मृत्यु

पाकिस्तान। प्रहरी चौकीमाथि सशस्त्र समूहले गरेको भीषण आक्रमणमा नौ जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा कारबाहीका क्रममा १५ जना आक्रमणकारी पनि मारिएका छन् भने दुवै

ई–पासपोर्टमा नयाँ प्रणाली लागू : सरकारको दाबी ठूलो, राहदानी विभागमा सास्ती उस्तै

काठमाडौँ ,१४ साउन । सरकारले हालसम्मकै धेरै डाटा ट्रान्सफर गरी नयाँ प्रणालीबाट दैनिक १५ सय ई–पासपोर्ट छाप्न सुरु गरेको दाबी गरे पनि सेवाग्राहीले पाउने सास्ती

कुमारी बैंकले बेच्दैछ २ लाख ५८ हजार कित्ता संस्थापक शेयर, आवेदनका लागि ३५ दिन

काठमाडौं,१४ साउन । कुमारी बैंक लिमिटेडले २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक शेयर बिक्री

राजनीतिक रोटी सेक्न दुई समुदाय लडाउने काम बन्द गरौँ : सांसद मियाँ

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिना मियाँले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा भएको साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ । प्रतिनिधिसभा