राजनीतिकरण छाडेर दीर्घकालीन समाधानमा लाग्न सांसद विश्वकर्माको जोड

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियानलाई दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले हालै आफ्नो गृहजिल्ला बर्दिया भ्रमणका क्रममा भूमिहीन परिवारले लालपुर्जा प्राप्त गरेको उल्लेख गर्दै सरकारप्रति धन्यवाद व्यक्त गर्नु भएको छ ।

 

उहाँले बर्दियामा भूमिहीन नागरिकको दशकौँदेखिको समस्यालाई सम्बोधन गर्ने अभियानअन्तर्गत हालसम्म ८२ परिवारले लालपुर्जा प्राप्त गरेको जानकारी दिइनु भयो । प्रमुख जिल्ला अधिकारीका अनुसार बढैयाताल गाउँपालिकाका २९, बाँसगढी नगरपालिकाका १३ र गुलरिया नगरपालिकाका ४० परिवार गरी ८२ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको उहाँले बताउनु भयो।

 

सांसद विश्वकर्माले सामाजिक सञ्जालमा सरकारलाई सुकुम्बासीको उठीबास गराउने सरकारका रूपमा चित्रण गर्ने प्रयास भए पनि सरकार वास्तविक समस्याको दीर्घकालीन समाधानतर्फ अघि बढिरहेको दाबी गर्नु भयो। उहाँले देशभर अझै पनि वास्तविक भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबास गरिरहेका लाखौँ परिवार जग्गाधनी प्रमाणपुर्जाको प्रतीक्षामा रहेको उल्लेख गर्दै दर्ता भएका १२ लाख ४७ हजार ४६९ निवेदन कानुनबमोजिम प्रमाणीकरण गर्न आग्रह गर्नु भयो।

 

वास्तविक सुकुम्बासीलाई पहिचान गरी अधिकार पाउनुपर्ने कुनै पनि नागरिक नछुट्ने सुनिश्चित गर्न र अभियानलाई देशव्यापी रूपमा निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिइनु भयो । विश्वकर्माले देशभित्र र विदेशमा रहेका करिब दुई करोड ९६ लाख नेपालीका सबै समस्या एकैपटक समाधान गर्न सम्भव नभए पनि लामो यात्राको सुरुवात दृढ कदमबाट हुने उल्लेख गर्दै सरकारले जनहितमा त्यही कदम चालेको बताउनु भयो ।क्षणिक लोकप्रियताका लागि समस्याको राजनीतिकरणभन्दा दीर्घकालीन समाधानमा केन्द्रित भएको भन्दै उहाँले सरकारप्रति पुनः धन्यवाद व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

काठमाडौँ,१४ साउन । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते

जनकपुरमा ३ :३० देखि कर्फ्यु जारी

जनकपुर,१४ साउन।जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार विज्ञप्ति जारी गर्दै दिउँसो ३:३० बजेदेखि लागू

सुनसरीबाट सुरु भएको दुई समुदायबीचको तनाव मधेश प्रदेशमा फैलियो

धनुषा,१४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव अब मधेश प्रदेशतिर पनि सरेको छ। दुई समुदायबीचको तनावलाई सरकारले समयमै सम्बोधन

खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ

राजनीतिकरण छाडेर दीर्घकालीन समाधानमा लाग्न सांसद विश्वकर्माको जोड

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियानलाई दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण कदम भएको बताउनु

देशको सुरक्षा अवस्था र सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौँ,१४ साउन । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र