सुरक्षा परिषद् बैठक

खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ शर्माले बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाबारे विस्तृत विश्लेषण र समीक्षा गरिएको जानकारी दिनु भएको छ। उहाँका अनुसार देशमा भइरहेका विभिन्न घटनाक्रमको सन्दर्भमा पनि समीक्षा गर्दै भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

 

रक्षा सचिव शर्माले प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सम्भावित सुरक्षा चुनौती र घटनालाई रोक्न प्रोएक्टिभ ढंगले काम गर्ने निर्णय भएको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । यस बैठकले राष्ट्रिय, अन्तराष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाहरुको सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ । र यस किसिमका राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रिय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरु घट्न नदिनको लागि सरोकारवाला निकायहरु प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवाला निकायहरुको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरु घट्न नदिनको लागि प्रोएक्टिभ रुपमा काम गर्नेको लागि निर्देशन निर्णय भएको छ । सँगसँगै यो विपद्को समय पनि भएको कारणले गर्दा सम्माननीय प्रधानमन्त्रीको निर्देशनबाट विपद् प्रतिकार्यको लागि विपद्मा नभएको कुराहरु समयमै खोज, उद्धार, राहतका कुराहरु सम्पन्न गरेर नागरिकलाई सेवा सुविधा दिने सन्दर्भमा निर्णय भएको छ ।’

 

बैठकले हाल मनसुनजन्य विपद्को जोखिमलाई समेत ध्यानमा राख्दै खोज, उद्धार र राहतका कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको उहाँले जानकारी दिनु भयो । प्रधानमन्त्रीको निर्देशनअनुसार विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकलाई समयमै आवश्यक सेवा र सुविधा उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको रक्षा सचिव शर्माको भनाइ छ । बैठकमा नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, रक्षाा सचिव, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति सहभागी हुनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

काठमाडौँ,१४ साउन । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते

जनकपुरमा ३ :३० देखि कर्फ्यु जारी

जनकपुर,१४ साउन।जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार विज्ञप्ति जारी गर्दै दिउँसो ३:३० बजेदेखि लागू

सुनसरीबाट सुरु भएको दुई समुदायबीचको तनाव मधेश प्रदेशमा फैलियो

धनुषा,१४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव अब मधेश प्रदेशतिर पनि सरेको छ। दुई समुदायबीचको तनावलाई सरकारले समयमै सम्बोधन

खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ

राजनीतिकरण छाडेर दीर्घकालीन समाधानमा लाग्न सांसद विश्वकर्माको जोड

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियानलाई दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण कदम भएको बताउनु

देशको सुरक्षा अवस्था र सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौँ,१४ साउन । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र