सर्लाहीमा सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासनको अपिल

सर्लाही,१५ साउन । पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका अप्रत्याशित, असहज तथा संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा शान्ति सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेद्वारा जारी सार्वजनिक अपिलमा सर्लाहीको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई कायम राख्दै जिल्लावासीलाई पूर्ण संयमता अपनाउन अनुरोध गरिएको छ ।

 

जातीय, धार्मिक वा सामाजिक सद्भाव खलल पुग्ने किसिमका भ्रामक, आपत्तिजनक सामग्री तथा भिडिओ सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा सेयर नगर्न प्रशासनले आग्रह गरेको छ । त्यस्ता गतिविधिमा संलग्न भई सामाजिक सद्भाव बिगार्ने कार्य गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ । प्रशासनले कुनै पनि प्रकारको द्वन्द्व वा असमझदारी उत्पन्न भएमा संवाद, छलफल र वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न सबै पक्षसँग अपिल गरेको छ । जिल्लामा शान्ति सुरक्षा र कानुनी राज्यको पालना कायम गराउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई पूर्ण सहयोग गर्न पनि आग्रह गरिएको छ ।

 

कुनै शंकास्पद वा अवाञ्छित गतिविधिबारे जानकारी प्राप्त भएमा वा हुन सक्ने देखिएमा तत्काल सम्बन्धित निकायलाई सूचना दिन प्रशासनले अनुरोध गरेको छ । सार्वजनिक अपिलमा भनिएको छ, “हाम्रो साझा प्रयास, उच्च संयमता र परिपक्वताले नै आपसी भाइचारा, सांस्कृतिक ऐक्यबद्धता, दिगो शान्ति र सामाजिक सद्भाव कायम रहनेछ ।”

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना