गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका साथ मुस्कुराउन मद्दत गर्छ। तर दाँत झर्ने वा बिग्रिने समस्या धेरैका लागि वर्षौंदेखिको पीडाको कारण बनेको छ। अब भने गौरादहवासीका लागि खुसीको खबर छ। झापाको गौरादह–१ स्थित गौरादह डेन्टल क्लिनिक ले अत्याधुनिक प्रविधिसहित विशेषज्ञ चिकित्सकबाट डेन्टल इम्प्लान्ट सेवा सुरु गरेको छ।

 

गौरादह डेन्टल क्लिनिकमा मुख तथा दन्त परीक्षण, दाँत सफा गर्ने, दाँत निकाल्ने, जरादेखिको उपचार, कृत्रिम दाँत, डेन्चर, बाङ्गो–टिङ्गो दाँत मिलाउनेदेखि आधुनिक डेन्टल इम्प्लान्टसम्मका सम्पूर्ण सेवाहरू विशेषज्ञ चिकित्सकबाट प्रदान गरिन्छ। हालै यहाँ पहिलो पटक सफलतापूर्वक डेन्टल इम्प्लान्ट सेवा सम्पन्न भएपछि स्थानीयवासीमा थप विश्वास बढेको छ।

दाँत झर्नु केवल एउटा दाँत गुमाउनु मात्र होइन। यसले बङ्गाराको हड्डी, गिजा र छेउका दाँतमा समेत असर पु¥याउँछ। त्यसैले विशेषज्ञहरू समयमै उचित उपचार गर्न सुझाव दिन्छन। दन्त उपचारमा सही विशेषज्ञको छनोट अत्यन्त महत्वपूर्ण हुन्छ। गौरादह डेन्टल क्लिनिकले विभिन्न विधाका दर्तावाला विशेषज्ञ चिकित्सक मार्फत आधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

स्वस्थ दाँत, स्वस्थ जीवन र आत्मविश्वासी मुस्कानका लागि समयमै सही उपचार आवश्यक हुन्छ। यदि तपाईं वा तपाईंका परिवारका सदस्य दाँतसम्बन्धी कुनै पनि समस्याबाट पीडित हुनुहुन्छ भने अब टाढा धाउनुपर्ने आवश्यकता छैन।
गौरादह–१ स्थित गौरादह डेन्टल क्लिनिक मा आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र भरपर्दो सेवासहित डेन्टल इम्प्लान्टदेखि सम्पूर्ण दन्त उपचार उपलब्ध छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा