बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ।

सरकारले चालु आर्थिक वर्षदेखि बिजुलीमा मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लागू गरेपछि आलोचना बढेको छ। उपभोक्ताले विद्युत् खपत बढाउनुपर्ने बेला सरकारले कर लगाएर निरुत्साहित गर्न खोजेको आरोप लगाएका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले घरायसी ग्राहकका लागि ५ प्रतिशत मात्रै भ्याट लाग्ने र सुरुवाती ५० युनिटसम्म छुट हुने बताएका छन्।

तर ऊर्जा मन्त्रालयले अब यो छुट सीमा बढाएर १०० वा १५० युनिटसम्म पुर्‍याउने विकल्पमा छलफल गरिरहेको छ।

नेपाल विद्युत् प्राधिकरणको अनुमानअनुसार अहिले ५० युनिटसम्म छुट दिँदा सरकारले वार्षिक करिब १२ अर्ब ४२ करोड रुपैयाँ भ्याट उठाउने देखिन्छ।

यदि छुट सीमा १०० युनिट पुर्‍याइयो भने राजस्व घटेर करिब ११ अर्ब ८१ करोड रुपैयाँ र १५० युनिटसम्म छुट दिँदा करिब १० अर्ब २२ करोड रुपैयाँमा झर्ने अनुमान गरिएको छ।

 

सरकारले राजस्व बढाउने बाटो रोज्छ कि जनतालाई राहत दिने नीति

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा

बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ। सरकारले चालु आर्थिक

मानव तस्करी प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ, राहदानी ऐनअन्तर्गत मुद्दाू

काठमाडौं,१८ साउन ।  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम