हुकुम सिंह राईको पहलमा कमल नगर अस्पतालमा हप्ताको दुई दिन भिडियो एक्स–रे सेवा सञ्चालनको तयारी

झापा, कमल। कमल नगर अस्पतालमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले हप्ताको दुई दिन भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा आज बसेको समितिको बैठकले अस्पतालमा भिडियो एक्स–रे सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो।

स्थानीय नागरिकलाई सामान्य स्वास्थ्य उपचारका लागि बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै पालिकाभित्र उपलब्ध गराउने उद्देश्यले अस्पतालले सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ।

भिडियो एक्स–रे सेवा सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिला, महिला स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामी तथा चिकित्सकको सिफारिसमा भिडियो एक्स–रे आवश्यक पर्ने अन्य बिरामीहरूलाई सहज हुने अपेक्षा गरिएको छ।

अध्यक्ष राईले कमल नगर अस्पताललाई क्रमशः आधुनिक, व्यवस्थित, प्रविधिमैत्री तथा नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यअनुसार अस्पतालको सेवा तथा पूर्वाधार विस्तारमा जोड दिँदै आएका छन्।

यसअघि नै कमल नगर अस्पतालले मानसिक स्वास्थ्य सेवा विशेषज्ञसहित, दन्त सेवा तथा आँखा सेवा विस्तार गरिसकेको छ। थप सेवा विस्तारसँगै अस्पतालबाट स्थानीय नागरिकले आफ्नै पालिकाभित्र विभिन्न विशेषज्ञ तथा विशिष्ट स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर बढ्दै गएको छ।

बैठकमा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापन गर्ने र आगामी दिनमा थप विशेषज्ञ तथा अत्यावश्यक स्वास्थ्य सेवाहरू विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।

बैठकमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, अस्पताल प्रमुख तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
अस्पतालमा भिडियो एक्स–रे सेवा हप्ताको दुई दिन नियमित रूपमा सञ्चालन गर्ने गरी आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइएको अस्पतालले जनाएको छ।

अध्यक्ष राईले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता रहेको बताउँदै अस्पतालको सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यससँगै कमल नगर अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाको दायरा थप फराकिलो हुने र स्थानीय नागरिकले समय तथा खर्च बचत गर्दै आफ्नै पालिकामा गुणस्तरीय स्वास्थ्य सेवा लिन पाउने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन, उर्जामन्त्री श्रेष्ठ

काठमाडौं,७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८

दमकमा विद्यालयको गेटअगाडि नै मदिरा पसल, अनुगमनमा ७० प्रतिशतभन्दा बढीले कानुन मिचेको भेटियो

दमक, ७ असोज । विद्यालयको गेटअगाडि नै मदिरा पसल सञ्चालन भएको सुन्दा तपाईंलाई कस्तो लाग्छ? विद्यालय आसपासमा बसोबास गर्ने वा नियमित आवतजावत गर्नेहरूका लागि यो

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने घोषणा

काठमाडौं ,७ असोज। अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको

बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन दुलालको माग

काठमाडौं ,७ असोज। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गर्नुभयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

नवनियुक्त कार्यकारी निर्देशकको सपथ,निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौं,७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त

बाढीपीडित शिविरको सुरक्षाप्रति सांसद झाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताउनु भएको छ