एलपी ग्यासको हाहाकार र फितलो व्यवस्थापनबारे संसदीय समितिमा छलफल

काठमाडौं,१९ साउन । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ विषयमा छलफल भएको छ ।छलफल क्रममा सांसद रञ्जु दर्शनाले बजारमा देखिएको एलपी ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गर्नु भएको छ । उहाँले स्थानीय ग्यास डिलरहरूमा ग्यास अभावका कारण अधिकांश पसल बन्द रहेको र उपभोक्ताहरू सिलिन्डर बोकेर ग्यास खोज्न बाध्य भएको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘लोकल ग्यास पसलहरू सटर लागेका छन् । उपभोक्ताहरू ग्यासको सिलिन्डर बोकेर हिडिरहेका छन् । ग्यासको हाहाकार छैन भन्ने कुरा अरू देशमा होला तर यहाँ होइन । ग्यासको हाहाकार छ ।’उहाँले बारम्बार एउटै समस्या दोहोरिनु आपूर्ति तथा व्यवस्थापनमा कमजोरी रहेको बताउनु भयो।उहाँले भन्नु भयो, ‘बारम्बार यही कुरा दोहोरिरहनु भनेको राम्रो व्यवस्थापन नभएर हो ।’यसैगरी, बैठमा उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले बजारमा एलपी ग्यासको आपूर्ति पर्याप्त भए पनि उपभोक्ताको घरसम्म पुग्दा सिलिन्डर होल्ड राखेको हुनाले समस्या देखिएको बताउनु भयो ।

 

अन्सारीले भारतबाट पर्याप्त मात्रामा एलपी ग्यास आपूर्ति भइरहे पनि सिलिन्डरको ट्र्याकिङ र व्यवस्थापन प्रभावकारी नभएको बताउनु भयो । उहाँले १७ दिनअघि नै सबै ग्यास सिलिन्डरको म्यापिङ गर्न निर्देशन दिइएको भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै सम्बन्धित निकायसँग असन्तुष्टि जनाउनु भएको छ ।उहाँले भन्नु भयो, ‘भारतबाट ग्यास पर्याप्त मात्रमा सप्लाई भइरहेको छ । ग्यास बजारमा पठाइरहेको छ । तर सिलिन्डर घर घरमा राखिएको रहेको अवस्था छ ।’

आफूहरू कार्यकारी नभई विधायिका भूमिकामा रहेको बताउदै उहाँले सरकार र सम्बन्धित निकायले निर्देशनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ । साथै, उनले देशभर रहेका करिब १ करोड ७५ लाख ग्यास सिलिन्डरको यथार्थ विवरण राज्यसँग व्यवस्थित रूपमा अभिलेख हुनुपर्नेमा जोड दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना