अस्पतालमा खोप र औषधिको अभावप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,१९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले पछिल्ला केही दिनयता देशमा जटिल र गम्भीर प्रकृतिका विभिन्न समस्या देखिएको बताउनु भयो । मंगलबार प्रतिनिधिसभाको बैठकमा उहाँले व्यक्तिगत स्वार्थ र राजनीतिक लाभ–हानिभन्दा माथि उठेर सामूहिक रूपमा काम गरे समाधान सम्भव हुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘पछिल्ला केही दिनहरूमा नेपालमा जटिल र गम्भीर प्रकृतिका समस्याहरू देखा परेका छन् । जसले हामी सबैलाई तरङगित बनायो । तर व्यक्तिगत स्वार्थ र राजनीतिक लाभहानी भन्दा माथि उठेर समुहिक पहल गर्ने हो भने सबै समस्याको समाधान निकाल्न सकिन्छ भन्ने पनि देखिएको छ ।’

 

उहाँले जनप्रतिनिधिहरूले स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्दा समाजमा विभिन्न समस्या देखिएको र ती समस्याको समाधान सरकारले गर्ने अपेक्षा नागरिकमा अझै कायम रहेको अनुभव भएको बताउनु भयो ।उहाँले भन्नु भयो,‘हामी स्थानीय मतदाता र नागरिकहरूसँग संवाद गर्न जनताका घर आँगनसम्म पुग्यौं । समाजमा धेरै प्रकारका समस्या छन् । सरकाले ती समस्या समाधान गरिदिन्छ कि भन्नेमा आशावादी छौं ।’

 

सरकारी अस्पतालमा खोप र क्यान्सरका अत्यावश्यक औषधिको अभाव रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले क्यान्सर उपचारका लागि आवश्यक केही अत्यावश्यक औषधिसमेत अभावमा रहेको भन्दै यसको कारणबारे सरकारसँग स्पष्ट जवाफ माग्नु भयो ।

उहाँले भन्नु भयो, ‘सरकारी अस्पतालमा रेविजविरुद्धको खोपको हाहाकार छ । तर त्यही खोप थोरै महँगो मूल्य तिर्दा निजी क्लिनिकहरुलाई सजिलै उपलब्ध छ । क्यान्सर रोगका अति आवश्यक केही अ‍ैषधिहरु पनि अभाव छ । यो कृतिम अवस्था हो की सरकारले व्यवस्था गर्दागर्दै पनि सम्बन्धित निकायले उचित व्यवस्थापन गर्न नसकेको हो ?’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना