सुनसरी घटनामा सबै दलको एकताले ठूलो संकट ट¥यो : सांसद खरेल

काठमाडौं ,१९ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले सुनसरी र सिरहामा विकसित घटनाका क्रममा सरकार, संसद् र राजनीतिक दलहरूले देखाएको समन्वयका कारण देशले सम्भावित ठूलो संकटबाट मुक्ति पाएको बताउनु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले नेपालले विगतदेखि नै राष्ट्रिय संकटका बेला एकजुट भएर सामना गर्ने परम्परा कायम राख्दै आएको बताउनु भयो ।

‘मुलुक जब सङ्कटमा आउँछ, त्यस्तोबेला नेपालको इतिहासदेखि सबै एक ठाउँमा आउँछौँ र त्यसको सामना गर्छौं । यस पटक सुनसरी–सिरहाको घटनामा सो देखियो,’ उहाँले भन्न्ुा भयोे, ‘सरकारले राम्रोसँग सोधबुझ र व्यवस्थापन गर्यो र सभामुख ज्यूले त्यही अनुसारको निर्देशन दिनुभयो । विपक्ष दलहरूले पनि देश र जनतालाई नै केन्द्रमा राखेर भूमिका निर्वाह गर्नुभयो ।’

उहाँले पछिल्लो घटनामा पनि सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गरेको बताउनु भयो ।

खरेलले सरकारले घटनाको प्रभावकारी रूपमा जानकारी संकलन, समन्वय र व्यवस्थापन गरेको तथा सभामुखले पनि आवश्यक निर्देशन दिएको बताउनु भयो ।

विपक्षी दलहरूले समेत राजनीतिक स्वार्थभन्दा देश र जनतालाई प्राथमिकतामा राखेर जिम्मेवार भूमिका खेलेको उहाँले बताउनु भयो ।

उहाँले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष सफल भएको बताउँदै उनले भविष्यमा पनि यस्तै राष्ट्रिय एकता आवश्यक रहने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव