स्वास्थ्यमन्त्री मेहताको दाबीः सर्पदंश उपचारका लागि एन्टी भेनमको कमी छैन

काठमाडौं,१९ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि प्रयोग हुनेएन्टी स्नेक भेनम पर्याप्त मात्रामा मौज्दात रहेको जानकारी दिनु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने विषयमा मन्त्रालय गम्भीर रहेको बताउनु भयो ।

 

उहाँले सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाइरहेको उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रश्न र सुझावलाई विषयगत रूपमा समेटेर जवाफ प्रस्तुत गरिएको बताउनु भयो । उहाँले भन्नु भयो,‘स्वास्थ्य सेवा प्रवाहलाई थप सुलभ, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने सम्बन्धमा माननीय सदस्यज्यूहरूले उठाउनुभएका विषयप्रति मन्त्रालय पूर्ण रूपमा गम्भीर छ । सरकारले यसलाई उच्च प्राथमिकतामा राखी आवश्यक सुधारका लागि कार्यहरू अघि बढाइरहेको छ ।’

 

एन्टीस्नेक भेनमको आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार हाल देशभर १ हजार २६९ डोज एन्टीस्नेक भेनम मौज्दात रहेको जानकारी दिइनु भयो। उहाँका अनुसार केन्द्र स्टोरमा १३८ डोज, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४ डोज, स्वास्थ्य कार्यालयहरूमा २२२ डोज र सर्पदंश उपचार केन्द्रहरूमा ४६५ डोज एन्टी स्नेक भेनम उपलब्ध रहेको छ ।

उहाँले भन्नु भयो, ‘एन्टी स्नेक भेनमको आपूर्तिसम्बन्धी प्रश्नहरू पनि उठाउनुभएको छ । स्वास्थ्य सेवा विभागको आजको तथ्यांकअनुसार हाल देशभर केन्द्र स्टोरमा १३८, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४, स्वास्थ्य कार्यालयहरूमा २२२ तथा सर्पदंश उपचार केन्द्रहरूमा ४६५ गरी जम्मा १ हजार २६९ डोज सर्पदंश उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम मौज्दात रहेको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा