मधेश घटनाप्रति सांसद सिंहद्वारा दुःख व्यक्त : सिधै गोली चलाउने शैलीको विरोध

काठमाडौं,१९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै राज्यले समस्याको समाधानका लागि बल प्रयोगभन्दा संवाद र सामाजिक विकासलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले पछिल्लो घटनामा ज्यान गुमाएका चार जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ ।

 

उहाँले भन्नु भयो,‘ आज धेरै दुखको साथ उभिएको छु–पछिल्लो हप्तामा तराई–मधेशमा विभिन्न घटना घट्यो, त्यो सारै दुखद हो । चार जना युवाले आफ्नो ज्यान गुमाए, उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । पहिला घटनास्थलमा ओमप्रकाश मेहता, पछि उपचारको क्रममा जयप्रकाश मेहता र आजै रबिन्द्र मेहताजीको निधन भएको छ । र सिराहाको घटनामा गणेश यादवजीको निधन भएको थियो । उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्न चाहन्छु ।’

 

उहाँले ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र मेहता र सिराहाका गणेश यादवको मृत्युले आफू दुःखी भएको बताउनु भयो । उहाँले देशको अहिलेको आवश्यकता सामाजिक सद्भाव कायम गर्नु र गरिबी, पछौटेपन तथा असमानताविरुद्ध लड्नु रहेको उल्लेख गर्नु भयो। सांसद सिंहले समुदाय–समुदायबीच द्वन्द्व सिर्जना गर्ने समय नभएको भन्दै सबै पक्षलाई संयमित हुन आग्रह गर्नु भएको छ। रास्वपा सभापति रवि लामिछानेको पहलमा भएको सर्वदलीय बैठकको प्रशंसा गर्दै उहाँले यस्तो प्रयास सकारात्मक भएको बताउनु भयो ।

 

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेको विषयलाई स्वागत गर्दै उहाँले उक्त पहल अझ पहिले हुनुपर्ने धारणा राख्नु भयो । सांसद सिंहले मधेशमा हुने आन्दोलन र घटनाका क्रममा राज्यले गर्ने बल प्रयोगको शैलीमाथि प्रश्न उठाउनु भयो । उहाँले सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रणका लागि लाठीचार्ज, अश्रुग्यास लगायतका वैकल्पिक उपाय प्रयोग गर्नुपर्नेमा सिधै गोली चलाउने अवस्था अन्त्य हुनुपर्ने बताउनु भयो ।उहाँले नेपालमा सुरक्षाकर्मीलाई दिइने तालिम र भीड नियन्त्रणको अभ्यासमा सुधार आवश्यक रहेको उल्लेख गर्दै मधेशमा सुरक्षा निकायप्रति विश्वासको वातावरण बनाउनुपर्ने बताउनु भयो ।

 

सांसद सिंहले सरकारले सुरक्षाकर्मी परिचालनमा देखाउने तत्परता शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा पनि देखाउनुपर्ने बताउनु भयो । मधेशमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिए पनि शिक्षक, चिकित्सक र इन्जिनियर परिचालनमा ध्यान नदिएको उहाँको आरोप थियो ।उहाँले मधेशलाई पछाडि पार्ने र समस्या उत्पन्न भएपछि मात्र बल प्रयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भयो । मधेश अब धेरै सहन सक्दैन भन्दै उहाँले सरकारलाई गम्भीर बन्न आग्रह गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना