विकल्पबिना सुकुम्बासी विस्थापित गर्नु गलत हो : भीष्मराज आङ्देम्बे

काठमाडौं,१९ साउन । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकारले विधि र मानवीय संवेदनशीलता नअपनाएको आरोप लगाउनु भएको छ। प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै आङ्देम्बेले वास्तविक भूमिहीनको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गर्नु भएको छ।

 

उहाँले नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने भएपनि वास्तविक भूमिहीन र सुकुम्बासीलाई विकल्प नदिई जबर्जस्ती विस्थापित गर्नु गलत भएको बताउनु भएको छ ।बैठकमा उहाँले सुनसरी, सिराहा, धनुषा र पर्सालगायत जिल्लामा भएका घटनामा सरकारले नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा जवाफ दिनुपर्ने माग गर्नु भएको छ । घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्ने उहाँको माग थियो ।आङ्देम्बेले विपद् व्यवस्थापनमा समेत सरकारको तयारी कमजोर रहेको आरोप लगाउनु भयो । उहाँले इलाम, पाँचथरलगायत क्षेत्रमा भएका पहिरो र बाढीका घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।

 

भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनको विषयमा बोल्दै उहाँले सरकारले बिना तयारी डोजर चलाएर नागरिकलाई विस्थापित गरेको दाबी गर्नु भयो।मनोहरा, बल्खु र थापाथली क्षेत्रबाट विस्थापित भएका नागरिकको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको उनको भनाइ थियो ।उहाँले विस्थापनका क्रममा मृत्यु भएका नागरिकका घटनालाई सामान्य रूपमा लिन नमिल्ने भन्दै डोजरको त्रास, योजनाविहीन स्थानान्तरण, मानसिक तनाव र कमजोर व्यवस्थापनका कारण समस्या सिर्जना भएको बताउनु भयो ।कांग्रेस नेता आङ्देम्बेले वास्तविक भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूलाई लालपुर्जा तथा सुरक्षित पुनस्र्थापनाको व्यवस्था गर्नुपर्ने बताउनु भयो। साथै नदी किनार, वन क्षेत्र, निकुञ्ज र संवेदनशील क्षेत्रको संरक्षण गर्नुपर्नेमा पनि उहाँले जोड दिनु भयो ।

 

उहाँले विगतमा भूमिसम्बन्धी कानुन संशोधन मार्फत दीर्घकालीन समाधान खोज्ने प्रयास भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उल्लेख गर्नु भयो।सरकारले भूमि आयोग खारेज गरेर समस्या समाधानको सट्टा राजनीतिक नियुक्तिमा ध्यान दिएको आरोप लगाउँदै उहाँले बिना तयारी गरिएको विस्थापनले समस्या समाधान नभई थप जटिल बनाएको बताउनु भयो ।आङ्देम्बेले विस्थापित नागरिकलाई तत्काल आधारभूत सुविधा उपलब्ध गराउन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अपांगता भएका व्यक्तिको विशेष व्यवस्थापन गर्न सरकारसँग माग गर्नु भयो।

 

उहाँले बालबालिकाको शिक्षा निरन्तरता, क्षतिपूर्ति व्यवस्था र स्थायी पुनस्र्थापनाका लागि स्पष्ट समयसीमा तोक्नुपर्ने बताउनु भयो ।उहाँले सरकारसँग पाँच बुँदे मागसमेत राख्दै सम्पूर्ण प्रक्रियाको जिम्मेवारी स्पष्ट गर्न, स्थायी समाधान नभएसम्म मानवीय सुविधा उपलब्ध गराउन, बालबालिकाको शिक्षा सुनिश्चित गर्न, क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिन र वास्तविक भूमिहीनको पहिचान गरी लालपुर्जा वितरण गर्न माग गर्नु भयो। उहाँले सरकारले सात दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गर्नुपर्ने, संसदीय समितिले नियमित अनुगमन गर्नुपर्ने र प्रत्येक १५ दिनमा प्रगति विवरण सार्वजनिक गर्नुपर्ने माग गर्नु भयो।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना