नेपाल रेडक्रसमा भ्रष्टाचारसम्बन्धी उजुरी दिने समय २० दिन थप

काठमाडौं,१९ साउन । नेपाल रेडक्रस सोसाइटीमा देखिएका भ्रष्टाचार, बेथिति र अनियमितता सम्बन्धी उजुरी संकलन गर्ने समयावधि थप गरिएको छ । सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाका विभिन्न तहमा हुने आर्थिक अनियमितता, भ्रष्टाचार तथा बेथितिका विषयमा तथ्य र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो । यसअघि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी आह्वान गरिएकोमा उजुरी आउनेक्रम जारी रहेकाले थप २० दिन समय थप गरिएको सोसाइटीले जनाएको छ । थप गरिएको समयअनुसार अब आगामी भदौ ३ गते बुधबारसम्म उजुरी दिन सकिनेछ ।

 

नेपाल रेडक्रस सोसाइटीले संस्थामा हुने अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको जनाएको छ । पछिल्लो समय संस्थाका गतिविधि तथा व्यवस्थापन सम्बन्धी विभिन्न समाचार सार्वजनिक भएपछि संस्थाको छवि र निष्ठामा नकारात्मक प्रभाव परेको भन्दै त्यसको निराकरणका लागि छानबिन प्रक्रिया अघि बढाइएको हो । प्राप्त उजुरी तथा गुनासोको अध्ययन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भ्रष्टाचारविरुद्ध अध्ययन अनुसन्धान विज्ञ डा. दिपेश घिमिरेको नेतृत्वमा गठित टोलीले गर्नेछ । टोलीमा अधिवक्ता यशस्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतिश सुवेदी सदस्य रहेनु भएको छ ।

 

सोसाइटीका अनुसार उजुरीकर्ताले आफ्नो पहिचान गोप्य राख्न चाहेमा गोपनीयताको संरक्षण गरिनेछ । प्राप्त सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र र गोप्य ढंगले व्यवस्थापन गरिने जनाइएको छ । उजुरी इमेलमार्फत    gunaso@nrcs.org , हुलाकमार्फत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, रेडक्रस मार्ग, कालीमाटी (पोस्ट बक्स नं. २१७), वा कार्यालयमै प्रत्यक्ष दर्ता गर्न सकिनेछ । त्यस्तै, निःशुल्क हटलाइन नम्बर ११३० (बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म) र ह्वाट्सएप नम्बर ९७४१६९५०९७ मार्फत पनि उजुरी दिन सकिने सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, ताहाचल, काठमाडौंले जारी गरेको सूचनामा संस्थामा सुशासन, पारदर्शिता र जनविश्वास अभिवृद्धिका लागि अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव