फोहोर व्यवस्थापन

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर थुपार्ने स्थानका रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य गरी विकास, लगानी र सम्भावनाको केन्द्रका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नु भएको छ। राष्ट्रिय प्रेस क्लबले स्थानीय तहका समस्या र सम्भावनाबारे आयोजना गरेको अन्तरक्रियामा बोल्दै न्यौपानेले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक लगायत क्षेत्रबाट उत्पादन हुने फोहोर ककनीले लामो समयदेखि व्यवस्थापन गर्दै आएको उल्लेख गर्नु भयो। उहाँले फोहोर उत्पादन गर्ने क्षेत्रले नै त्यसको व्यवस्थापनको जिम्मेवारी र योगदान सुनिश्चित गर्नुपर्ने बताउनु भयो।

 

‘आफूले उत्पादन गरेको फोहोर अर्को नागरिकले वर्षौँसम्म निःशुल्क रूपमा सहनुपर्ने अवस्था न्यायपूर्ण हुन सक्दैन,’ न्यौपानेले भन्नु भयो । ककनीवासीले दुर्गन्ध, स्वास्थ्य समस्या र सामाजिक असर सहँदै आएको भन्दै उहाँले उनीहरूको योगदानको सम्मान हुनुपर्ने धारणा राख्नु भयो। उहाँले ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र वडा नम्बर ३ का अध्यक्ष घनश्याम लगायत जनप्रतिनिधिहरूले परिवर्तनको चाहनासहित काम गरिरहेको भन्दै प्रशंसा गर्नु भएको छ। स्थानीय तहले सडक निर्माणलगायत केही सकारात्मक काम अघि बढाए पनि ककनीमा गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको उहाँको भनाइ थियो ।

 

न्यौपानेले ककनीको विकासका लागि स्थानीय तहले दीर्घकालीन योजना बनाएर काठमाडौं उपत्यकाका स्थानीय सरकारहरूसँग सहकार्य गर्नुपर्ने सुझाव दिनु भयो । उहाँले ककनीले १० अर्ब, २० अर्ब वा ५० अर्ब रुपैयाँसम्मका ठूला परियोजनाको अवधारणा तयार गरी काठमाडौं, ललितपुर, भक्तपुरलगायत स्थानीय सरकारसमक्ष प्रस्तुत गर्नुपर्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव

नेपाल रेडक्रसमा भ्रष्टाचारसम्बन्धी उजुरी दिने समय २० दिन थप

काठमाडौं,१९ साउन । नेपाल रेडक्रस सोसाइटीमा देखिएका भ्रष्टाचार, बेथिति र अनियमितता सम्बन्धी उजुरी संकलन गर्ने समयावधि थप गरिएको छ । सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गर्दै