त्रिभुवन राजपथमा ट्रक दुर्घटनाः १ को मृत्यु, १ घाइते

मकवानपुर,२० साउन । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक पल्टँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन। प्रहरीका अनुसार पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३—००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक राति करिब २ः३० बजे वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते हुनु भएको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।त्यसैगरी ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्कीको मुत्यु भएको छ ।ट्रकमा सवार चालक मकवानपुर, राक्सिराङ–९ का २३ को रंजीत कार्की र काका नाता पर्ने ३६ वर्षीय अर्जुन घाइते भएकामा उद्धार गरी उपचारको लागि हेटौँडा ल्याइएको थियो ।हेटौँडा अस्पतालका चिकित्सकले बिहान ९ः१५ बजे अर्जुनलाई मृत घोषणा गरेका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपाले भन्यो, प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलबाट टाढा रहने छौ

काठमाडौं ,२० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित,

पोखराको फेवातालजस्तै बन्न सक्छ झापाको ‘साधुहोली’

दमक, २०, साउन ।झापामा प्रकृतिले दिएको एउटा अनुपम उपहार छ, साधुहोली। तर विडम्बना के छ भने, प्रकृतिले सम्भावना दिएको ठाउँलाई राज्यले अझैसम्म सम्भावनाको सूचीमै सीमित

ओली र लेखकलाई पक्राउ गरेकोमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन् : शंकर पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

सुकुम्बासीको जग्गा हडप्नेलाई सरकारले दियो यस्तो  चेतावनी

काठमाडौं,२०,साउन । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नाममा गलत विवरण पेश गरी जग्गा वा संरचना प्राप्त गर्ने व्यक्तिलाई कानुनी

सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण ,३० प्रतिशतमा उच्च रक्तचाप

काठमान्डौं,२० साउन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरमा राखिएका थापाथली बागमती किनारका सुकुम्बासीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्दा लामो समयदेखिको जोखिमपूर्ण जीवनको असर देखिएको

श्रम मन्त्री यादवको घोषणाः वैदेशिक रोजगारी सुरक्षित र पारदर्शी बनाइने

काठमाडौं,२० साउन । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी