मुआब्जा विवादले १८ महिनादेखि मुगुको गमगाड पुलमा आवतजावत ठप्प

मुगु ,२० साउन । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१ अल्कासाँघुस्थित गमगाड खोलामा निर्माण सम्पन्न भएको पक्की पुल मुआब्जा विवादका कारण १८ महिनादेखि सञ्चालनमा आउन सकेको छैन । पुलका लागि प्रयोग गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले पुल बन्द गराएपछि स्थानीयवासी र यात्रुहरू समस्यामा परेका छन् ।

पुल सञ्चालनमा नआएपछि सवारीसाधनहरू हिउँदमा खोलाबाटै आवतजावत गर्दै आएका थिए । तर पछिल्ला दिनमा लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेपछि समेत स्थानियहरु पुलमा हिँड्न पाएका छैनन् ।

यसबाट छायाँनाथ रारा नगरपालिकाका वडा नं। १०, ११ र १२ तथा मुगुम कार्मारोङ गाउँपालिकाका हजारौं नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत अल्कासाँघुमा रहेको गमगाड खोलामा डिभिजन सडक कार्यालय जुम्लाले करिब ८ करोड रुपैयाँ लागतमा ४० मिटर लामो र ११ मिटर चौडा पक्की पुल निर्माण गरेको थियो ।

हिम सगरमाथा कन्स्ट्रक्सनमार्फत निर्माण गरिएको उक्त पुल १८ महिनाअघि नै सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । गाडी चालक सोभनसिंह सार्कीले वर्षायाममा खोला बढेपछि सवारीसाधन सञ्चालन गर्न नसकिएको बताउँदै यातायात व्यवसायी र यात्रु दुवै समस्यामा परेको बताए । स्थानीय ज्ञानबहादुर मल्लका अनुसार राज्यको करोडौं रुपैयाँ लगानीमा निर्माण भएको पुल प्रयोग गर्न नपाउँदा विद्यार्थी, महिला, ज्येष्ठ नागरिक तथा बिरामीहरूलाई दैनिक आवतजावतमा सास्ती भएको छ । पुल सञ्चालनमा आएको भए गमगढी बजारबाट मुगुम कार्मारोङको छाइल बजार हुँदै माग्रीडाँडासम्मको १७ किलोमिटर सडक यात्रा सहज हुने थियो ।

जग्गाधनी धनबहादुर मल्लले २०७९ सालको बाढीले दुई वटा घर बगाएपछि बाँकी रहेको ५८८।७५ वर्गमिटर खेतीयोग्य जमिनमा पुल निर्माण गरिएको बताउनु भयो । उहाँका अनुसार नगरपालिका र आफूबीच २०८० मंसिर ५ गते तथा २०८१ वैशाख ३ गते मुआब्जा उपलब्ध गराउने सहमति भए पनि कार्यान्वयन नभएपछि पुल सञ्चालनमा रोक लगाउन बाध्य भएको हो ।

मल्लले पछिल्लो समय पुनः नगरपालिकासँग मुआब्जा उपलब्ध गराउने सहमति भएको उल्लेख गर्दै रकम प्राप्त हुनेबित्तिकै पुल सञ्चालनमा अवरोध नगर्ने बताउनु भयो ।

जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जनबहादुर कार्कीले पुल सञ्चालनका लागि नगरपालिका र जग्गाधनीबीच निरन्तर छलफल भइरहेको जानकारी दिनु भयो । उहाँले केही दिनभित्रै समस्या समाधान गरी पुलबाट सवारीसाधन सञ्चालन गराउने प्रयास भइरहेको बताउनु भयो ।

गत वर्ष पुल सञ्चालनमा नआएपछि खोलामा बनाइएको अस्थायी काठे साँघुबाट खोला तर्ने क्रममा आठ जना यात्रु घाइते भएका थिए । नेपाल–चीन जोड्ने नाक्चेलाग्ना नाकासम्म पुग्ने ८७ किलोमिटर सडक योजनाको महत्वपूर्ण संरचनाका रूपमा रहेको उक्त पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोगिरहेका छन्। सरोकारवाला निकायले मुआब्जा विवाद शीघ्र समाधान गरी पुल सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना