कृषिमैत्री वातावरण सिर्जना गर्न सुदूरपश्चिम प्रदेशको धारणा

कैलाली,२० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भयो । अधिकांश जनसंख्या कृषि पेशामा आबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले कृषिमैत्री वातावरण सिर्जना गर्न सरकार सक्रिय रहेको धारणा व्यक्त गर्नु भयो ।

अर्को प्रसङ्गमा उहाँले लम्कीचुहामा प्रादेशिक अस्पताल सञ्चालनका क्रममा देखिएका केही अवरोधप्रति दुःख व्यक्त गर्दै स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भए नमुना प्रादेशिक अस्पताल सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नु भयो ।

साथै शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रयोगात्मक कक्षाहरू लम्कीचुहा प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनु भयो ।

यसैबीच, तत्कालीन सत्तारूढ दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा ५ अर्बभन्दा बढी रकम विनियोजन गरेको आरोप लगाउँदै त्यसको पुष्टि गर्न चुनौती दिनु भयो ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह निर्माण सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयको सहयोगमा लागत साझेदारीमा सम्पन्न गरिएको हो ।

कृषि जन्य उद्योग स्थापना कार्यक्रमअन्तर्गत बिउ प्रशोधन मेसिनरी खरिद तथा जडान कार्य सम्पन्न गरिएको यस आयोजनाको कार्यान्वयन किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गरेको हो ।

आयोजनाको कुल समझौता रकम ३४ लाख ५७ हजार रुपैयाँ रहेकोमा बोलपत्र स्वीकृत रकम ३४ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । कृषि विकास निर्देशनालयबाट १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ भने बाँकी २८ लाख १५ हजार रुपैयाँ सहकारी संस्थाले व्यहोरेको जनाएको छ । संस्थाका अनुसार वास्तविक लागत भने सम्झौताभन्दा केही बढी भएको छ ।

आयोजना २०८३ साल वैशाख ८ गते सम्झौता भई २०७३ साल जेठ १२ गतेदेखि सुरु भएको थियो र २०८३ साल असार १५ गते सम्पन्न भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपाले भन्यो, प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलबाट टाढा रहने छौ

काठमाडौं ,२० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित,

पोखराको फेवातालजस्तै बन्न सक्छ झापाको ‘साधुहोली’

दमक, २०, साउन ।झापामा प्रकृतिले दिएको एउटा अनुपम उपहार छ, साधुहोली। तर विडम्बना के छ भने, प्रकृतिले सम्भावना दिएको ठाउँलाई राज्यले अझैसम्म सम्भावनाको सूचीमै सीमित

ओली र लेखकलाई पक्राउ गरेकोमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन् : शंकर पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

सुकुम्बासीको जग्गा हडप्नेलाई सरकारले दियो यस्तो  चेतावनी

काठमाडौं,२०,साउन । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नाममा गलत विवरण पेश गरी जग्गा वा संरचना प्राप्त गर्ने व्यक्तिलाई कानुनी

सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण ,३० प्रतिशतमा उच्च रक्तचाप

काठमान्डौं,२० साउन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरमा राखिएका थापाथली बागमती किनारका सुकुम्बासीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्दा लामो समयदेखिको जोखिमपूर्ण जीवनको असर देखिएको

श्रम मन्त्री यादवको घोषणाः वैदेशिक रोजगारी सुरक्षित र पारदर्शी बनाइने

काठमाडौं,२० साउन । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी