लगानी बोर्डको सीईओमा उक्याब नियुक्त

काठमाडौं,२० साउन । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । लगानी बोर्ड नेपाल विदेशी तथा स्वदेशी ठूला लगानी परियोजनाको स्वीकृति, सहजीकरण तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रमुख निकाय हो । बोर्डले ऊर्जा, पूर्वाधार, पर्यटन, यातायात लगायतका रणनीतिक क्षेत्रका ठूला परियोजनाको प्रवद्र्धन तथा व्यवस्थापन गर्दै आएको छ ।

 

नवनियुक्त सीईओ उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा अनुभवी विज्ञका रूपमा परिचित हुनुन्छ् । उहाँले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार (सिनियर पोलिसी एडभाइजर) का रूपमा कार्य अनुभव हासिल गर्नु भएको छ् ।

 

उक्याबले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर अफ पब्लिक पोलिसी–एमपीपी) अध्ययन गर्नु भएको छ। विकास नीति, आर्थिक रूपान्तरण, लगानी प्रवद्र्धन तथा संस्थागत सुधारका क्षेत्रमा उहाँको अनुभव रहेको बताइएको छ ।

सरकारले लगानी आकर्षित गर्ने, ठूला परियोजनाको कार्यान्वयनलाई गति दिने तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउने लक्ष्यसहित उक्याबलाई नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना