श्रम मन्त्री यादवको घोषणाः वैदेशिक रोजगारी सुरक्षित र पारदर्शी बनाइने

काठमाडौं,२० साउन । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधारका कार्यक्रम अघि बढाएको बताउनु भएको छ। समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी छलफलका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको मृत्यु, स्वास्थ्य सेवा, श्रमिक संरक्षण, श्रम कूटनीति तथा विभिन्न गन्तव्य मुलुकमा रोजगारी व्यवस्थापनका विषयमा मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिनु भएको छ ।

 

उहाँले वैदेशिक रोजगारीका क्रममा वार्षिक करिब ७०० नेपाली श्रमिकको प्राकृतिक कारणले मृत्यु हुने र थप तीनदेखि चार सयजना मिर्गौला फेल लगायत स्वास्थ्य समस्याका कारण फर्किने गरेको बताउनु भयो। दुर्घटनाका घटनासमेत हुने भएकाले श्रमिकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । उहाँले भन्नु भयो,‘वार्षिक करिब ७०० जना श्रमिक प्राकृतिक कारणले मृत्यु भएर फर्किने गरेका छन् । थप तीनदेखि चार सयजना मिर्गौला फेललगायत स्वास्थ्य समस्याका कारण स्वदेश फर्किने गरेका छन् । दुर्घटनाका घटनासमेत भइरहेका छन् । त्यसैले श्रमिकको स्वास्थ्य सुरक्षा सुधार गर्न प्रभावकारी टेलिमेडिसिन सेवा, नियमित स्वास्थ्य परीक्षण र अन्य सुधारका कार्यक्रम अघि बढाउन आवश्यक छ ।’

 

मन्त्री यादवले हाल सञ्चालनमा रहेको टेलिमेडिसिन सेवा प्रभावकारी नभएकाले विशेषज्ञ चिकित्सकसमेत जोडिने गरी नयाँ वेब–आधारित टेलिमेडिसिन पोर्टल निर्माण भइरहेको जानकारी दिनु भयो । यसबाट श्रमिकले आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्ने उहाँले बताउनु भयो । वैदेशिक रोजगार बोर्डको स्रोतलाई मृतक तथा दुर्घटनामा परेका श्रमिकमा मात्रै सीमित नराखी दूतावासअन्तर्गत सञ्चालित सेल्टरको व्यवस्थापन तथा त्यहाँ आश्रय लिने श्रमिकका लागि समेत बजेट व्यवस्था गरिएको उनले बताउनु भयो । सेल्टर सञ्चालनका लागि कार्यविधि तयार गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्न लागिएको पनि उहाँले जानकारी दिनु भयो ।

 

उहाँले भन्नु भयो,‘हाल सञ्चालनमा रहेको टेलिमेडिसिन सेवा प्रभावकारी नभएकाले विशेषज्ञ चिकित्सकसमेत आबद्ध हुने वेब–आधारित नयाँ टेलिमेडिसिन पोर्टल निर्माण गरिरहेका छौं । यसबाट श्रमिकले आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन् । साथै, वैदेशिक रोजगार बोर्डको स्रोतलाई मृतक तथा दुर्घटनामा परेका श्रमिकमा मात्रै सीमित नराखी दूतावासअन्तर्गतका सेल्टरको व्यवस्थापन र त्यहाँ आश्रय लिने श्रमिकका लागि समेत बजेट व्यवस्था गरेका छौं । सेल्टर सञ्चालनका लागि कार्यविधि तयार गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।’

 

श्रमिकलाई वैदेशिक रोजगारीमा जानुअघि पर्याप्त अभिमुखीकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले मदिरा सेवन तथा गैरकानुनी गतिविधिमा संलग्न हुँदा स्वास्थ्य र सुरक्षामा समस्या उत्पन्न हुने भएकाले यसबारे सचेतना बढाइने बताउनु । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) पारदर्शी र प्रविधिमा आधारित रहेको उल्लेख गर्दै उहाँले त्यसमा अनियमितताको कुनै प्रमाण नभेटिएको दाबी गर्नु भयो । रोजगारदाता आफैंले उमेर, सीप, भाषालगायत मापदण्डका आधारमा श्रमिक छनोट गर्ने भएकाले सरकारले कसैलाई छनोट वा अस्वीकृत गर्ने भूमिका नखेल्ने उहाँले स्पष्ट पार्नु।

 

इजरायल रोजगारीका विषयमा उहाँले गत वर्षको प्रक्रियाबाट छुटेका श्रमिकलाई अवसर दिलाउन नेपालले कूटनीतिक पहल गरे पनि इजरायलको नीतिका कारण सम्भव नभएको बताउनु भयो । नयाँ मागअनुसार भने प्रक्रिया अघि बढाइएको उहाँको भनाइ थियो । मन्त्री यादवले ई–८ (सिजनल) रोजगारी तत्काल सञ्चालन नगर्ने स्पष्ट पार्नु भयो। सन् २०२३ मा गएका धेरै श्रमिक समयमै स्वदेश नफर्किँदा नेपाल तीन वर्षका लागि ब्ल्याकलिस्टमा परेको उल्लेख गर्दै फेरि त्यही अवस्था दोहोरिन नदिन यस्तो निर्णय गरिएको उहाँले बताउनु भयो । ई–७ प्रक्रियालाई भने सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी अघि बढाइने उहाँले जानकारी दिनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपाले भन्यो, प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलबाट टाढा रहने छौ

काठमाडौं ,२० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित,

पोखराको फेवातालजस्तै बन्न सक्छ झापाको ‘साधुहोली’

दमक, २०, साउन ।झापामा प्रकृतिले दिएको एउटा अनुपम उपहार छ, साधुहोली। तर विडम्बना के छ भने, प्रकृतिले सम्भावना दिएको ठाउँलाई राज्यले अझैसम्म सम्भावनाको सूचीमै सीमित

ओली र लेखकलाई पक्राउ गरेकोमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन् : शंकर पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

सुकुम्बासीको जग्गा हडप्नेलाई सरकारले दियो यस्तो  चेतावनी

काठमाडौं,२०,साउन । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नाममा गलत विवरण पेश गरी जग्गा वा संरचना प्राप्त गर्ने व्यक्तिलाई कानुनी

सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण ,३० प्रतिशतमा उच्च रक्तचाप

काठमान्डौं,२० साउन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरमा राखिएका थापाथली बागमती किनारका सुकुम्बासीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्दा लामो समयदेखिको जोखिमपूर्ण जीवनको असर देखिएको

श्रम मन्त्री यादवको घोषणाः वैदेशिक रोजगारी सुरक्षित र पारदर्शी बनाइने

काठमाडौं,२० साउन । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी