राप्रपाले भन्यो, प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलबाट टाढा रहने छौ

काठमाडौं ,२० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित, भव्य र प्रभावकारी बनाउन विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले आसन्न महाधिवेशनको तयारीसँगै प्रदेश सरकारबारे पार्टीको धारणा समेत स्पष्ट पार्नु भएको छ ।

बैठकले वर्तमान अवस्थामा राप्रपा कुनै पनि प्रदेश सरकार गठनसम्बन्धी सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने र त्यसप्रति लालायित पनि नरहेको निष्कर्ष निकालेको छ । प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीचको सहमतिबाटै निर्माण हुनुपर्ने राप्रपाको धारणा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नु भयो,‘ प्रदेश सरकारहरूको सम्बन्धमा वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल छैन र लालायित पनि छैन । प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर नै निर्माण गरून् भन्ने राप्रपाको धारणा रहेको छ । प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले प्रदान गरेको छ ।’

प्रदेश सरकारका विषयमा भविष्यमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले दिएको छ ।

बैठकले पार्टीको निर्देशनविना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेशका संसदीय दल र प्रदेशसभा सदस्यहरूलाई निर्देशनसमेत दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइयो

काठमाडौं,२१ साउन । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ।बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

काठमाडौं,२१ साउन । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ

आगामी चुनाव नेपालका लागि पासो होः दुर्गा प्रसाईं

काठमाडौं,२१ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था हटाइएपछि नेपालमा विदेशी चलखेल बढेको दाबी गर्दै आगामी फागुन २१ गते हुने चुनावलाई नेपाल र नेपालीका लागि

श्रद्धाञ्जली सभामा रास्वपा सांसदको राजनीतिक भाषणपछि विवाद

सिरहा,२१ साउन । सुनसरीको देवानगञ्ज र त्यसपछि सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको सम्झनामा बिहीबार गोलबजारस्थित उद्योग व्यापार संघको सभाहलमा आयोजित

‘स्टार्टअप समिट नेपाल–२०२६’ राष्ट्रिय अभियान सुरु

काठमाडौं,२१ साउन । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ ।

धर्मका नाममा विवाद र हिंसा स्वीकार्य छैन : अध्यक्ष अली

काठमाडौं,२१ साउन । मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदाय नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सबै क्षेत्रमा पछाडि परेको तथ्याङ्कले देखाएको भन्दै त्यसमा