अनुसन्धान जारी

रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटना पछि आगलागी

रौतहट,२१ साउन । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ । बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर बिहान अन्दाजी ५ः३० बजे दुर्घटनामा परेको हो ।

 

सडकमा अचानक निस्किएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई ट्यांकर सडकको दाहिनेतर्फ पल्टिएको थियो । पल्टिएलगत्तै ट्यांकरमा अचानक भीषण आगलागी भएको प्रहरीले जनाएको छ ।घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्य नारायण थापाको कमाण्डमा १० जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेन्द्र थापा मगरको कमाण्डमा ५ जना गरी कुल १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

 

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट आएका दमकलहरूको सहयोगमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ । प्रहरीका अनुसार दुर्घटनामा परेका ट्यांकर चालक बाराको सिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय समिर गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

अहिले राजमार्गमा यातायात आवगमन पूर्ण रूपमा सुचारु भइसकेको छ । घटनास्थल चन्द्रनिगाहपुर बजारबाट करिब १३ किलोमिटर पश्चिममा पर्दछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना