सरकारी स्वास्थ्य सेवा सुधारेर निजी क्षेत्र माथिको निर्भरता घटाइने

काठमाडौं,२१ साउन । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल भएको छ ।छलफलको क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारी स्वास्थ्य संस्थाको सेवा गुणस्तरीय बनाउन सके निजी क्षेत्रसँगको सहकार्य क्रमशः घटाउँदै लैजाने नीति अपनाइएको बताउनु भएको छ ।

 

सचिव देवकोटाले सरकारी अस्पतालले प्रभावकारी सेवा दिन सके हाल सेवामा रहेका करिब सात प्रतिशत जनसङ्ख्यालाई पनि सहज रूपमा सेवा उपलब्ध गराउन सकिने बताउनु भयो ।उहाँले भन्नु भयो, ‘सरकारीको सेवा राम्रो बनायौँ भने त्यो सात प्रतिशत थोरै हो । सात प्रतिशत सेवा थप राम्रो दिन सक्यौँ भने सरकारी संस्थामा राम्रो बनाउन सक्छौँ भन्ने नीति लिएका छौं । त्यस कारणले निजी होल्डमा छ । सधैँको लागि यस्तो गर्न खोजेको होइन।’उहाँले हालसम्म उक्त व्यवस्थाबाट कुनै समस्या नदेखिएको बताउनु भयो ।

 

सचिव देवकोटाका अनुसार स्वास्थ्य सेवा सम्बन्धी मासिक खर्चमा कमी आएको छ । पहिले मासिक करिब २ अर्ब रुपैयाँ खर्च हुने गरेकामा अहिले त्यो घटेर ८८ करोड रुपैयाँमा झरेको छ ।उहाँले भन्नु भयो, ‘खर्च हाम्रो प्रतिमहिना २ अर्ब थियो । अहिले एक अर्ब भन्दा थोरैमा झरेको छ । ८८ करोडमा झरेको छ । सेवा पाउनेले पाइरहेकै छन् । नपाएर कम भयो भने त्यसले के फाइदा भयो र ?’

 

सचिव देवकोटाले सञ्चारमाध्यममा बारम्बार भुक्तानी रोकिएको विषय उठ्ने गरेको उल्लेख गर्दै पुस महिनासम्मको सबै भुक्तानी फछ्र्योट भइसकेको जानकारी दिनु भयो । पछिल्लो करिब छ महिनाको भुक्तानीका लागि रुजु प्रक्रिया जारी रहेको उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा