पालिका तहमा निर्माण गर्ने भनिएको अस्पतालहरुको प्रगति किन कमजोर : तोसिमा कार्की

काठमाडौं ,२१ साउन। प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरूको प्रगति अत्यन्तै कमजोर रहेको बताउनु भएको छ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल क्रममा उहाँले यस्तो बताउनु भयो ।

उहाँले सरकारले देशभर निर्माण गर्ने लक्ष्य लिएका आधारभूत अस्पतालमध्ये हालसम्म केवल १७ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको तथ्यांक प्रस्तुत गरिएको उल्लेख गर्नु भएको छ ।

उहाँले निर्माण सम्पन्न भएका अस्पतालमध्ये पनि कति अस्पताल सरकारले तोकेको मापदण्ड पूरा गरी पूर्ण रूपमा सञ्चालनमा आएका छन् भन्ने विवरण सार्वजनिक नगरिएको दाबी गर्नु भयो ।

‘सरकारले ५ शय्या र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेको वर्षौं बितिसकेको छ । तर हालसम्म १७ प्रतिशत मात्रै निर्माण सम्पन्न भयो, उहाँले भन्नु भयो, ‘तर त्यो डाटामा निर्माण सम्पन्न भएकामध्य पुनःसञ्चालनमा कति छन भन्ने डाटा छैन् । मापदण्डले तोके बराबर सबै पूरा गरेर पुनःसंचालनामा रहेकाहरुको पनि अनुगमन जरुरी छ ।’

उहाँले जनताको स्वास्थ्यमा लगानी गर्न सरकारले कहिल्यै कन्जुस्याइँ गर्न नहुने बताउनु भयो ।

उहाँले विकासको पहिलो सूचक भनेको नै स्वास्थ्य नागरिक भएको उल्लेख गर्दै भौतिक र मानसिक हिसाबले स्वास्थ्य भएका नागरिकले मात्र विकासमा आफ्नो भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको

संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग गर्दै : मनिष खनाल

काठमाडौं,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको