हाम्रो बटमलाइन नै हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हो : डा.धवलशमशेर जबरा

काठमाडौं,२१ साउन । जय नेपाल पार्टीका अध्यक्ष डा।धवलशमशेर जबराले सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्थाको पुनस्र्थापना गर्ने बताउनु भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने राजसंस्था आवश्यक रहेको दाबी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाल विविधतामा एकता भएको देश हो । सबै जाति, जनजाति, धर्मवली सबैले राजसंस्थालाई मान्दै आएको परम्परा छ । राजसंस्था पाखा लगाउँदा देशको गति वा हालत के भयो भन्ने कुरा भन्नुपर्ने यहाँ छैन । त्यसकारण एउटा मियोको रुपमा वा एउटा अभिभावकको रुपमा राजसंस्थालाई पुनस्र्थापना गर्ने योजना हाम्रो छ ।’

राजसंस्था हटेपछि मुलुक राजनीतिक अस्थिरता र अव्यवस्थातर्फ गएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘देश सबैको हो । हरेक देशको वा एउटा राष्ट्रको एउटा धर्म हुन्छ । क्रिश्चियनहरुको सयौँ वटा देश छन् । मुस्लिमहरुको ४७ वटा देश छन् । बुद्धिष्टहरुको ११ वटा देश छन् । विश्वमा एक अर्ब ५० करोड भन्दा बढी हिन्दुहरु छन् । त्यसमध्ये एकमात्र हिन्दु राज्य थियो त्यो नेताहरुले सिध्याइदिए ।’

उहाँले विश्वका विभिन्न देशहरूको धार्मिक पहिचान भएको उल्लेख गर्दै नेपाललाई पुनः हिन्दु राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने बताउनु भयो ।

उहाँले जय नेपाल पार्टीले शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियामार्फत—सडक आन्दोलन र संसदीय अभ्यास दुवै माध्यमबाट—हिन्दु अधिराज्य पुनस्र्थापनाका लागि अभियान सञ्चालन गर्ने बताउनु भयो ।

उहाँले देशको समृद्धिलाई पार्टीको अर्को प्रमुख प्राथमिकता बनाइएको जानकारी दिनु भयो ।

प्राकृतिक स्रोत–साधनको प्रभावकारी उपयोग गर्न सके नेपाल विश्वकै समृद्ध राष्ट्रमध्ये एक बन्न सक्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।

वर्तमान राजनीतिक नेतृत्वको गलत सोच र स्वार्थका कारण देश आर्थिक रूपमा पछाडि परेको आरोप लगाउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना