साम्प्रदायिक द्वन्द्वमा अत्यधिक बल प्रयोग नगर्न ढुंगानाको चेतावनी

काठमाडौं,२१ साउन । जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताउनु भयो। उहाँले सामान्य घटनामा समेत अत्यधिक बल प्रयोग र नेपाली सेनाको परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिनु भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले देशमा भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको घटनाले जेनजी आन्दोलनलाई समेत झल्काएको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘देशमा जुन साम्प्रदायिक द्वन्द्व भयो, घटना घट्यो, यसले जेनजी आन्दोलनलाई पनि झल्काउँछ । भारतमा पनि जेनजी आन्दोलन भयो । त्यत्तिका मानिस बाहिर निस्कँदा पनि एक सय एक हतियार भएको देशमा एक जनाको ज्यान गयो । तर हाम्रो देशमा सानो साम्प्रदायिक झडपमा अन्धाधुन्ध गोली चल्छ र मृत्यु हुन्छ । यसको जिम्मा कसले लिन्छ, प्रधानमन्त्री वा सरकारले जिम्मा लिनुहुन्छ त ? भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेका छन् । यही घटनामा पनि जेनजीको ज्यान गएको छ । जेनजी आन्दोलन र यो आन्दोलन कसरी फरक भयो त ?’

 

उहाँले सुरक्षा व्यवस्थापनका नाममा प्रहरीलाई एसएलआर बोकेर पठाउने र सामान्य घटनामै नेपाली सेनालाई जङ्गी अड्डाबाट परिचालन गर्ने प्रवृत्ति उचित नभएको बताउनु भयो । उहाँले वर्तमान सरकारले सेनालाई सस्तो बनाएको आरोप समेत लगाउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘यत्रो द्वन्द्वबाट आएको सरकारले सिकेको छैन भने सिक्न आग्रह गर्दछु । द्वन्द्व नियन्त्रण गर्न एसएलआर लिएर प्रहरीलाई पठाउने होइन । अझ सस्तो तरिकामा सेनालाई जङ्गी अड्डाबाट बाहिर निकाल्ने होइन । सेनालाई यति सस्तो बनाइयो कि सानो घटनामा पनि जङ्गी अड्डाबाट सेना निस्कन्छ भने सेनाको जुन वर्चस्व आजको दिनसम्म थियो, त्यो भोलि रहँदैन। जुन दिन सेनाप्रतिको विश्वास मानिसबाट हटाइन्छ, त्यसपछिको द्वन्द्व गर्ने मानिसले सेनादेखि डराउँदैनन् । सायद अलिकति दीर्घकालीन सोच राख्ने सरकार भएको भए सेनालाई यति सस्तो पार्ने थिएन ।’

 

राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै ढुंगानाले मधेशका मुद्दा उठाउने नेतामध्ये अमरेश कुमार सिंह मात्रै निरन्तर सक्रिय रहेको दाबी गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइयो

काठमाडौं,२१ साउन । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ।बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

काठमाडौं,२१ साउन । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ

आगामी चुनाव नेपालका लागि पासो होः दुर्गा प्रसाईं

काठमाडौं,२१ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था हटाइएपछि नेपालमा विदेशी चलखेल बढेको दाबी गर्दै आगामी फागुन २१ गते हुने चुनावलाई नेपाल र नेपालीका लागि

श्रद्धाञ्जली सभामा रास्वपा सांसदको राजनीतिक भाषणपछि विवाद

सिरहा,२१ साउन । सुनसरीको देवानगञ्ज र त्यसपछि सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको सम्झनामा बिहीबार गोलबजारस्थित उद्योग व्यापार संघको सभाहलमा आयोजित

‘स्टार्टअप समिट नेपाल–२०२६’ राष्ट्रिय अभियान सुरु

काठमाडौं,२१ साउन । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ ।

धर्मका नाममा विवाद र हिंसा स्वीकार्य छैन : अध्यक्ष अली

काठमाडौं,२१ साउन । मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदाय नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सबै क्षेत्रमा पछाडि परेको तथ्याङ्कले देखाएको भन्दै त्यसमा