श्रद्धाञ्जली सभामा रास्वपा सांसदको राजनीतिक भाषणपछि विवाद

सिरहा,२१ साउन । सुनसरीको देवानगञ्ज र त्यसपछि सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको सम्झनामा बिहीबार गोलबजारस्थित उद्योग व्यापार संघको सभाहलमा आयोजित श्रद्धाञ्जली सभा विवादमा तानिएको छ ।कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति तथा सांसद तपेश्वर यादवले दिएको राजनीतिक अभिव्यक्तिपछि उपस्थित केही सहभागीले आपत्ति जनाउनु भएको थियो।

 

श्रद्धाञ्जली कार्यक्रमलाई राजनीतिक भाषणको थलो बनाउन नहुने भन्दै सहभागीहरूले विरोध गरेपछि कार्यक्रम स्थलमा भनाभन भएको थियो।प्रत्यक्षदर्शीका अनुसार, सांसद यादवले सुनसरी र सिरहामा भएका घटनापछि सरकारविरुद्ध अनावश्यक रूपमा प्रश्न उठाइएको तथा यसलाई सुनियोजित षड्यन्त्रको रूपमा व्याख्या गर्ने अभिव्यक्ति दिनु भएको थियो।त्यसपछि उपस्थित केही व्यक्तिले कार्यक्रमको उद्देश्य मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नु र सामाजिक सद्भाव कायम गर्नु भएकाले विवादास्पद राजनीतिक टिप्पणी नगर्न आग्रह गर्नु भएको थियो ।

 

विवाद बढ्दै गएपछि कार्यक्रम प्रभावित भएको थियो। त्यसपछि सांसद यादव प्रहरीको सुरक्षामा कार्यक्रमस्थलबाट बाहिरिनु भएको थियो। सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले विपक्षी दलहरूले अनावश्यक रूपमा विषयलाई उचालेको बताउनु भयो।यता, मधेश प्रदेशका पूर्वसांसद जगतप्रसाद यादवले श्रद्धाञ्जली सभा सामाजिक सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले आयोजना गरिएको भए पनि राजनीतिक अभिव्यक्तिका कारण कार्यक्रमको वातावरण बिग्रिएको आरोप लगाउनु भयो।आयोजकका अनुसार श्रद्धाञ्जली सभापछि गोलबजारमा सामूहिक सद्भाव ¥याली निकाल्दै बजार क्षेत्रका पसल सञ्चालन गर्ने तयारी थियो। तर कार्यक्रममा उत्पन्न विवादपछि त्यससम्बन्धी कार्यक्रम प्रभावित भएको र आगामी निर्णयबारे अन्योल रहेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको

संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग गर्दै : मनिष खनाल

काठमाडौं,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको