आगामी चुनाव नेपालका लागि पासो होः दुर्गा प्रसाईं

काठमाडौं,२१ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था हटाइएपछि नेपालमा विदेशी चलखेल बढेको दाबी गर्दै आगामी फागुन २१ गते हुने चुनावलाई नेपाल र नेपालीका लागि ‘पासो’को संज्ञा दिनु भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले नेपालमा राजसंस्था रहँदा देश पशुपति, सगरमाथा, माता दुर्गा तथा वेदको भूमिका रूपमा चिनिने गरेको उल्लेख गर्दै अहिलेको राजनीतिक नेतृत्वले समाजलाई विभाजित गरेको आरोप लगाउनु भयो।

 

उहाँले भन्नु भयो, ‘जतिखेर नेपालमा राजसंस्था थियो, पशुपतिको देश, सगरमाथाको देश, माता दुर्गाको देश भनेर चिनिन्थ्यो। यो वेद लेखिएको तपोभूमि हो। तर अहिलेको नेतृत्व पैसामा बिक्ने नेतृत्व बनेको छ। सिंहदरबार जलाइयो, सर्वोच्च अदालत जलाइयो, विभिन्न व्यक्तिका घर जलाइए, त्यस्ता घटनामा संलग्नलाई नेपाली जनताले अनुमोदन गरेर सत्तामा पुर्याए।’प्रसाईंले संविधानसभाको पहिलो बैठकबाट धर्मनिरपेक्षता र राजसंस्था हटाउने व्यवस्था अन्तरिम संविधानमा समावेश गरिएकै दिनदेखि नेपालले दुःख भोग्न थालेको दाबी गर्नु भयो।

 

उहाँले भन्नु भयो, ‘राजा हुँदासम्म विदेशीहरूले नेपालमा चलखेल गर्न पाएका थिएनन्। संविधानसभाको पहिलो बैठकमै धर्मनिरपेक्षता र राजसंस्था हटाउने व्यवस्था गरियो, त्यही दिनदेखि नेपालीलाई दशा लाग्यो।’उहाँले आगामी फागुन २१ गतेको चुनावलाई ‘नेपाल र नेपालीहरूको पासो’ भएको टिप्पणी गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजामती कर्मचारीलाई पनि सम्बोधन गर्नु भयो। ‘अब तपाईँहरूको देश रहनेवाला छैन,’ उहाँले भन्नु भयो ।

 

प्रसाईंले सुनसरीमा भएको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि आरोप लगाउँदै सेना परिचालनको विषयमा प्रश्न उठाउनु भयो।‘सुनसरीमा भएको घटना प्रधानमन्त्री र गृहमन्त्रीकै कारण भएको हो। मलाई संसारको जहाँ लगेर झुण्ड्याए पनि हुन्छ। सेना त्यतिकै परिचालन हुँदैन, मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिको हस्ताक्षर आवश्यक पर्छ। तर सेना त्यसरी परिचालन गरिएको छ,’ उहाँले आरोप लगाउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको

संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग गर्दै : मनिष खनाल

काठमाडौं,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको