पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइयो

काठमाडौं,२१ साउन । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ।बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।पार्थिव शरीर देखेपछि परिवारका सदस्य र आफन्तहरू भावुक बनेका थिए भने विमानस्थलको वातावरण शोकमय बनेको छ ।

 

गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि परिवारको जिम्मा लगाइएको छ।वरिष्ठ नेपाली पर्वतारोही मिङमा डेभिड शेर्पाका अनुसार नेपाल सरकार, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ (एनएमए)को समन्वयमा पार्थिव शरीर स्वदेश ल्याउने सम्पूर्ण प्रक्रिया पूरा गरिएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको

संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग गर्दै : मनिष खनाल

काठमाडौं,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको