संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग गर्दै : मनिष खनाल

काठमाडौं,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको माग गर्नु भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले प्रतिनिधिसभा नियमावलीको पालना प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिनु भयो । उहाँले संसदले आफैं बनाएको नियमावलीमा बोल्न पाउने अधिकारको दुरुपयोग गर्न नहुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी सबैजनाले मिलेर सर्वदलीय समिति बनाएर तयार गरेको यसै प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियम (९) मा बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मनसायले दुरुपयोग गर्न नहुने भनेर स्पष्ट रूपमा लेखेका छौं ।’

सांसद खनालले नियमावलीको नियम १५ अनुसार शून्य समय, विशेष समय र आकस्मिक समयको छुट्टाछुट्टै व्यवस्था गरिएको उल्लेख गर्दै ती समयको उद्देश्यअनुसार नै सांसदहरूले आफ्ना धारणा राख्नुपर्ने बताउनु भयो।

उहाँले भन्नु भयो, ‘नियमावलीको नियम १५ ले आवश्यक ठानेका विषय शून्य समय र विशेष समयमार्फत राख्न पाउने तथा आकस्मिक विषय भए सभामुखलाई जानकारी गराएर आकस्मिक समयमा उठाउन पाउने स्पष्ट व्यवस्था गरेको छ ।’

पछिल्ला केही दिनयता संसदमा आकस्मिक समय मागेर बजेट, निर्वाचन क्षेत्र तथा अन्य असम्बन्धित विषय उठाउने प्रवृत्ति बढेको उहाँको भनाइ थियो।

उहाँले भन्नु भयो, ‘पछिल्ला केही दिनयता संसदको गतिविधि हेर्दा विपक्षमा बस्ने माननीय सदस्यहरूले कुनै एउटा विषयमा बोल्न स्वीकृति लिनुहुन्छ, तर बोल्न सुरु गरेपछि बजेटदेखि आफ्ना निर्वाचन क्षेत्रका विषय र विभिन्न अन्य विषय उठाउनु भएको छ। यसले शून्य समय, विशेष समय र आकस्मिक समयको छुट्टाछुट्टै व्यवस्था गरिएको मर्मकै अपमान भएको महसुस भएको छ ।’

 

यस प्रवृत्तिलाई रोक्न सभामुखले स्पष्ट रुलिङ गर्नुपर्ने उहाँको माग थियो।

उहाँले भन्नु भयो, ‘त्यसैले जसरी कुनै विषयमा बोल्न अनुमति लिइएको हुन्छ, त्यही विषयमा केन्द्रित भएर मात्र धारणा राख्ने व्यवस्था गर्न सभामुखमार्फत रुलिङ होस् भन्ने आग्रह छ । साथै शून्य समय, आकस्मिक समय र विशेष समयको महत्वलाई सम्पूर्ण माननीय सदस्यहरूले ख्याल राखिदिन पनि अनुरोध गर्न चाहन्छु।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको

संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग गर्दै : मनिष खनाल

काठमाडौं,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको