दमकमा पू्र्वराजाकै चीया बगानले तीरेन कर

कर नतिर्नेलाई चेतावनी दिने सरकारको ज्ञानेन्द्रलाई लाग्ला त डर ?

दमक,२२ साउन । दमक नगरपालिकामा रहेको ‘हिमालय महालक्ष्मी चिया बगान’ले लामो समयदेखि स्थानीय सरकारलाई बुझाउनुपर्ने कर नतिरेपछि १० करोडबढी रकम बाँकी रहेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाका अनुसार सम्पत्ति कर लागू भएदेखि नै यो बगानले कर बुझाएको छैन । नगरपालिकाको मोटामोटी अनुमान अनुसार बगानले तिर्नुपर्ने करको बक्यौता १० करोडबढी रूपैयाँ पुगिसकेको छ ।बगान प्रशासनले आफ्नो सम्पत्तिको विवरण नगरपालिकालाई उपलब्ध नगराउँदा ठ्याक्कै कति कर उठाउनुपर्ने हो भन्ने यकिन गर्न समस्या भएको निरौलाले बताउनु भएको छ ।

दमक नगरपालिकाको वडा नम्बर ९ र ४ मा फैलिएको यो चिया बगान ५ सय पचतर बिघा १७ कट्ठा १४ धुर क्षेत्रफलमा फैलीएको छ । रोचक कुरा त के छ भने, नम्बरी जग्गा बाहेक बगानले करिब २ सय बिघा ऐलानी जग्गासमेत ओगटेको छ ।
बगानभित्र पूर्व राजपरिवार भ्रमणमा आउँदा बसोबास गर्ने भव्य भवन छ, जसलाई स्थानीयहरू मिनी दरबार भन्ने गर्छन् । यसका अतिरिक्त त्यहाँ अन्य अतिथि गृह र भौतिक संरचना पनि रहेका छन् ।बगान प्रशासनले यी संरचनाको लगत नगरपालिकालाई दिन मानेको छैन, जसले गर्दा भौतिक संरचनाको कर निर्धारण गर्न नगरपालिकालाई कठिन भएको छ ।
यद्यपि, नगरपालिकाले २०६५ सालमै मालपोत कार्यालयको ढड्डाबाट जग्गाको विवरण भने प्रमाणित गरी दर्ता गरिसकेको छ । पहिला भएको सबै तथ्यांक जेनजी आन्दोलनका क्रममा लगाइएको आगोका कारण जलेर नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत निरौलाका अनुसार बगान प्रशासन र नगरपालिका बीच वर्गीकरणमा मुख्य विवाद देखिएको छ । नगरपालिकाले यसलाई व्यावसायिक क्षेत्र मानेर कर निर्धारण गर्न खोजेको छ भने बगान प्रशासनले यसलाई कृषि अन्तर्गत राख्नुपर्ने अडान लिएको छ ।पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको यो बहुमूल्य जग्गाको दर व्यावसायिक हुँदा निकै बढी हुने भएपछि बगानले कर तिर्न आलटाल गरेको देखिन्छ । पहिले सामान्य दर हुँदा कर तिरिरहेको बगानले सम्पत्ति कर लागू भएर दर बढेपछि तिर्न छाडेको हो ।

यसअघिका कतिपय निर्णय र कागजात जेनजी जनआन्दोलनका क्रममा नगरपालिकामा आगलागी हुँदा नष्ट भएकाले पनि कानूनी प्रक्रिया र अघिल्ला अभिलेख खोज्न जटिलता थपिएको दमक नगरपालिकाले जनाएको छ ।
तीन–तीन महिनामा बगानसँग छलफल गर्ने गरेको दमक–९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराईले भन्नु भयो । ‘छलफलका लागि प्रतिनिधि आउनुहुन्छ’, उहाँले भन्नु भयो ‘हामी माथि खबर गर्छौँ भन्नु हुन्छ । माथिको को भन्ने पनि हामीलाई भन्नु हुँदैन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रतुवा र मावाको किनारका बस्ती हटाइने

दमक, १० असोज । दमक नगरपालिकाले बाढीको जोखिममा रहेका क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। शुक्रबार दमक नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको

कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढ्यो, ४३ ढोका खोलिए

सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको  विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी