संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको छ्। उहाँले निरन्तरको अवरोधले संसद्को समय खेर गएको र जनतामा गलत सन्देश गएको बताउनु भयो। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले संसद् अवरुद्ध भइरहँदा जनताले आफ्ना प्रतिनिधिलाई हेरिरहेको भन्दै जतिसक्दो छिटो राजनीतिक सहमति मार्फत निकास निकाल्नुपर्ने बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘म चाहिँ यो विषयमा अगाडिदेखि नै सकेभर छिटो टुङ्ग्याऔँ भन्ने पक्षमा छु। जनताले तपाईं–हामीलाई उनीहरूको प्रतिनिधि बनाएर पठाएका हुन्। उहाँहरू हामीलाई हेरिरहनुभएको छ। यस्तो अवस्थामा हामीले कति वर्षसम्म यही विषयमा मात्रै छलफल गरिरहने ? समस्याको समाधान खोज्नैपर्छ।’उहाँले संसदमा आफ्नो पार्टीले संकल्प प्रस्तावसमेत अघि सारेको स्मरण गर्दै राजनीतिक दलहरूले एकअर्कालाई दोषारोपण गर्नेभन्दा समाधानमा केन्द्रित हुनुपर्ने धारणा राख्नु भयो।उहाँले भन्नु भयो, ‘देशलाई माया गर्ने हो भने कसले के भन्यो भनेर मात्र बस्ने होइन, समाधान खोज्नुपर्छ। मान्छेबाट गल्ती हुन सक्छ, तर गल्ती स्वीकार गरेर समस्याको निकास निकाल्नुपर्छ। समाधान नखोज्ने हो भने हामी कहिलेसम्म यही ढंगले अघि बढ्ने ?’

 

दलका नेता, प्रधानमन्त्री र सभामुखबीच छलफलमार्फत छिट्टै निष्कर्ष निकाल्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले संसद् सञ्चालनलाई प्रभावकारी बनाउन आग्रह गर्नु भयो।उहाँले भन्नु भयो, ‘दुई–दुई महिना सदन अवरुद्ध भइरहने हो भने बरु दलका नेता, प्रधानमन्त्री र सभामुख बसेर यसको निष्कर्ष निकाल्नुपर्छ। यसको समाधान सडकमा होइन, यही संसद्भित्र खोजिनुपर्छ।’सांसद राईले संसद् अवरोधका कारण समय र स्रोतको दुरुपयोग भइरहेको उल्लेख गर्दै सांसदहरूले आफ्नो समय जनताका समस्या उठाउन खर्चिनुपर्ने बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘एक जना सांसदले चार मिनेट मात्रै बोल्दा पनि हरेक बैठकमा हामीले कति समय खेर फालिरहेका छौँ भन्ने हिसाब गर्नुपर्छ। यो जनताको अपेक्षाअनुसारको काम होइन।’सरकारले दिएको स्पष्टीकरणबारे आफूहरूले अध्ययन गरेको उल्लेख गर्दै उहाँले उठाइएका विषयको अझै प्रभावकारी समाधान हुन नसकेको बताउनु भयो।उहाँले भन्नु भयो, ‘सरकारले दिएको स्पष्टीकरणका विषयमा हामीले अध्ययन गरेका छौँ। जनताले पनि सबै कुरा देखिरहनुभएको छ। धेरै विषय उठे, तर अहिलेसम्म त्यसको उचित समाधान भएको छैन भन्ने हाम्रो निष्कर्ष छ। त्यसैले सभामुखज्यूको पहलमा समस्याको समाधानको एउटा बिन्दु खोजौँ। संसद्लाई फेरि दुर्गन्धित बनाउने होइन, निकास दिने बाटो खोज्नुपर्छ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको

संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग गर्दै : मनिष खनाल

काठमाडौं,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको