कपिलवस्तु,२४ साउन । तीन दिनदेखि बेपत्ता कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पैसठी वर्षीय किरण सिंह मृत अवस्थामा फेला पर्नु भएको छ। शुक्रबार दिउँसो २ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन हुनु भएको सिंहको शव आइतबार गोरुसिंगे जंगलमा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनु भएको छ्।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र जंगलमा उहाँ चढेको लु प्र ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिएको अवस्थामा भेटिएपछि तालिम प्राप्त कुकुरसमेत प्रयोग गरी खोजी गर्दा शव फेला परेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

‘समावेशीता नारामा होइन, व्यवहारमै देखिनुपर्छ’: उपराष्ट्रपति यादव
काठमाडौं,२४ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशीता केवल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्ने बताउनु भएको छ








