रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम चलाउने

काठमाडौं,२४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाका सहमहामन्त्री असिम शाहले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनु भयो ।कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्।

 

‘यस कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनु हुनेछ। जसले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरूले आम नागरिकका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नेछन्। यसबाट नागरिकका वास्तविक समस्या र आवाजलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउने अपेक्षा रास्वपाले गरेको छ।

 

त्यसपछि साँझ ६ बजेबाट दोस्रो चरणअन्तर्गत ‘नेतृत्व संवाद’ हुनेछ। उक्त चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ। नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा बैठकमा छलफल गरिनेछ।रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति निर्माण गर्नु हो।

त्यस्तै, मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने तथा पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको विज्ञप्तिमा उल्लेख छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘समावेशीता नारामा होइन, व्यवहारमै देखिनुपर्छ’: उपराष्ट्रपति यादव

काठमाडौं,२४ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशीता केवल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्ने बताउनु भएको छ

संविधानको रक्षाका लागि सचेत रहन भीष्मराज आङ्देम्बेको आग्रह

काठमाडौं,२४ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानको रक्षा गर्ने कार्यकारी निकायबाटै संविधानप्रति शंका उत्पन्न हुने गतिविधि भइरहेकाले त्यसतर्फ सचेत हुनुपर्ने बताउनु

आदिवासी जनजातिका मुद्दा सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ : जगत बराम

काठमाडौं,२४ साउन । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष जगत बरामले आदिवासी जनजातिका बाँकी मुद्दालई संवैधानिक रूपमा सुनिश्चित गर्न संविधान संशोधनमा बहसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने

एनपीएल तेस्रो संस्करणः कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

काठमाडौं,२४ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम चलाउने

काठमाडौं,२४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै

कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु,२४ साउन । तीन दिनदेखि बेपत्ता कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पैसठी वर्षीय किरण सिंह मृत अवस्थामा फेला पर्नु भएको छ। शुक्रबार दिउँसो