लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको आवश्यकता छ : गौत्तम

काठमाडौं,२५ साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ्।

सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ लाई सम्बोधन गर्दै मन्त्री गौत्तमले राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालको परिचय इतिहासका दस्तावेजमा मात्र नभई यहाँका संस्कार, संस्कृति, चाडपर्व, भाषा र लवजशैलीमा समेत देखिने उल्लेख गर्नुभयो ।

‘नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक मुलुक हो। यसमा मातृभाषा पत्रकारहरूको भूमिका महत्वपूर्ण छ। मातृभाषा पत्रकारिताको महत्व बुझेर तपाईंहरूले यसलाई अभियानका रूपमा चलाइरहनुभएको छ,’ उहाँले भन्नु भयो ।

मन्त्री गौत्तमले राज्यका कामकारबाही र सूचनाबारे प्रत्येक नागरिकले आफूले बुझ्ने तथा आमाले सिकाएको भाषामा जानकारी पाउने अवस्था भए मात्रै लोकतन्त्र बलियो हुने बताउनु भयो ।

‘लोकतन्त्र त्यतिबेला मात्र बाँच्छ, जतिबेला राज्यका हरेक नागरिकले आफ्नै भाषामा आफूले जाने–बुझेको, आफ्नै आमाले सिकाएको भाषामा राज्यले गरेका कामकारबाहीबारे सुसूचित हुने मौका पाउँछ,’ उहाँले भन्न्ुा भयो ।

नेपालका विभिन्न कुनाकाप्चामा पुग्दा नागरिकले राज्यका सबै सूचना प्राप्त गर्न नसकेको अवस्था अझै रहेको भन्दै उहाँले राज्य र नागरिकबीचको सूचना दूरी मेटाउन सरकारका तर्फबाट पहल भइरहेको बताउनु भयो ।

‘त्यो दूरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ,’ मन्त्री गौत्तमले भन्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रीकृष्ण रथयात्रा : धर्म, संस्कृति र दमकको साझा पहिचानको अभियान

श्रीकृष्ण रथयात्राको अर्को महत्वपूर्ण पक्ष सामाजिक एकता हो। धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजलाई विभाजित होइन, जोड्ने काम गर्नुपर्छ।

नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन,मातृभाषा पत्रकारिताको अवस्था र अधिकारबारे बहस

काठमाडौं,२५ साउन । सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । नेपाल

अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणी स् ‘प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु

काठमाडौं,२५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने मन्त्री मेहताको भनाई

काठमाडौं,२५ साउन । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण

बहस हुनुपर्ने धेरै कुरा थियो तर कालो चस्माको भयो : सांसद यादव

काठमाडौं,२५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताउनु

मौनता तोड्दै पुरुषः घरेलु हिंसाविरुद्ध कानुनी बाटो

वास्तवमा, पुरुषको मनको कुरा सुनिदिने, उनीहरूको भावनालाई बुझिदिने र सहानुभूतिपूर्वक हेरिदिने मान्छेहरू हाम्रो समाजमा निकै कम छन्।