कांग्रेसकी सांसदको प्रश्न ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो प्रधानमन्त्री ज्यू ?

 काठमाडौं,२५ साउन । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने बताउनु भएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले संसदले प्रश्न सोध्नु घेराबन्दी नभएको र प्रतिपक्षले जवाफ माग्नु असहयोग नभएको बताउनु भयो ।

‘प्रधानमन्त्रीज्यू, संसदले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ उहाँले भन्नु भयो।

सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू ‘एक्लो महसुस’ गरेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो भन्दै उहाँले प्रश्न गर्नुभयो।

उहाँले भनिन्,‘प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो रु यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ । तर प्रतिपक्षको तर्फबाट म आज एउटा कुरा स्पष्ट भन्न चाहन्छु—कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा चाल्ने सही कदममा प्रतिपक्ष तपाईंको साथमा छ ।’

तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य–मान्यता, संविधान, संसदीय मर्यादा र संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने उहाँले स्पष्ट पार्नु भयो।

प्रधानमन्त्री सत्ता पक्षको मात्र नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले संसदमा उठिरहेको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिले प्रधानमन्त्रीको राजनीतिक साखमा असर परेको महसुस भए–नभएको प्रश्न गर्नु भयो।

सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक धारणा, द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विश्वसनीयतामा समेत प्रभाव पार्ने उहाँले बताउनु भयो।

उहाँले प्रधानमन्त्री आफ्नै मन्त्रिपरिषदमा एक्लै भएको भन्दै मन्त्रीका सुझाव कति सुन्नुहुन्छ, भन्दै प्रश्न गर्नु भयो । उहाँले प्रधानमन्त्री एक्लो नरहेको बताउँदै मुलुकको हितमा अघि बढे प्रतिपक्षले साथ दिने प्रतिबद्धता जनाउनु भयो।

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईं अघि बढ्नुहोस्, प्रतिपक्ष तपाईंको साथमा उभिनेछ । तर संविधानभन्दा माथि कोही छैन, संसदभन्दा ठूलो राजनीतिक मञ्च छैन, राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन, सचिवालयले मात्रै शासन चल्दैन,’ उहाँले भन्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रीकृष्ण रथयात्रा : धर्म, संस्कृति र दमकको साझा पहिचानको अभियान

श्रीकृष्ण रथयात्राको अर्को महत्वपूर्ण पक्ष सामाजिक एकता हो। धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजलाई विभाजित होइन, जोड्ने काम गर्नुपर्छ।

नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन,मातृभाषा पत्रकारिताको अवस्था र अधिकारबारे बहस

काठमाडौं,२५ साउन । सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । नेपाल

अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणी स् ‘प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु

काठमाडौं,२५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने मन्त्री मेहताको भनाई

काठमाडौं,२५ साउन । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण

बहस हुनुपर्ने धेरै कुरा थियो तर कालो चस्माको भयो : सांसद यादव

काठमाडौं,२५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताउनु

मौनता तोड्दै पुरुषः घरेलु हिंसाविरुद्ध कानुनी बाटो

वास्तवमा, पुरुषको मनको कुरा सुनिदिने, उनीहरूको भावनालाई बुझिदिने र सहानुभूतिपूर्वक हेरिदिने मान्छेहरू हाम्रो समाजमा निकै कम छन्।