राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

काठमाडौं ,२५ साउन। ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहमा कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिएको छ ।

सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका विषयमा छलफल गरिएको हो ।

उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवले नीति कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई कार्ययोजनाअनुसार योजना तथा बजेट बनाएर अघि बढ्न निर्देशन दिइएको जानकारी दिनु भयो।

उहाँले भन्न्ुा भयो, ‘अहिले भएका काम कारबाहीको विषयमा स्वीकृत भइसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संघका सबै निकाय र प्रदेश र स्थानीय तह सबैमा यो कार्ययोजनाबमोजिम योजना बनाउने र कार्यान्वयनमा लैजाने र बजेट बनाउने पनि भएकाले त्यो बजेटको सीमितताभित्र रही त्यसलाई कार्यान्वयन गर्ने निर्देशन सबै तीनवटै तहमा पुगिसकेको छ ।’

सचिव यादवले कार्ययोजनामा तोकिएका गतिविधि समयसीमाभित्र सम्पन्न भए–नभएको नियमित रूपमा अनुगमन गरिने बताए । राष्ट्रिय सतर्कता केन्द्रलाई नीतिको फोकल एजेन्सीका रूपमा जिम्मेवारी दिइएकाले केन्द्रले कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नु भयो, ‘कार्ययोजनामा नै फोकल मोनिटरिङ गर्ने, नियमित अनुगमन गर्ने भन्ने विषयमा राष्ट्रिय सतर्कता केन्द्रलाई फोकल एजेन्सीको रूपमा तोकिएको हुनाले राष्ट्रिय सतर्कता केन्द्रबाट पनि यसको कार्यको प्रारम्भ भएको छ।’

उहाँका अनुसार सबै मन्त्रालय तथा कार्यालयलाई यही महिनाभित्र आफ्नो कार्ययोजना बनाएर पेश गर्न निर्देशन दिइएको छ। कार्ययोजनामा प्रत्येक गतिविधिका लागि समयसीमा तोकिएकाले सोहीअनुसार काम अघि बढाइने उहाँले बताउनु भयो।

यसैगरी बैठकमा राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टले राष्ट्रिय सदाचार नीति ल्याउनु सकारात्मक भएको बताउनु भयो। उहाँले विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयन भइरहे पनि सदाचारको पक्ष ओझेलमा परेको अवस्थामा राष्ट्रिय सदाचार नीतिले त्यसलाई प्राथमिकतामा ल्याएको बताउनु भयो।

‘सबैलाई खड्किएको विषय हाम्रो सदाचारको पक्ष अलिकति ओझेलमा परेको हो कि, अरू थुप्रै खालका नीतिहरू अपनायौँ तर सदाचारलाई ख्याल गरेनौँ कि भनिरहेको बेला यो राष्ट्रिय सदाचार नीति २०८३ ल्याउन संलग्न हुनुहुनेप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उहाँले भन्नु भयो ।

प्रवक्ता भट्टले राष्ट्रिय सतर्कता केन्द्रलाई नीतिको फोकल एजेन्सीका रूपमा महत्वपूर्ण जिम्मेवारी दिइएको बताउनु भयो। उहाँका अनुसार केन्द्रले अब सार्वजनिक क्षेत्रमा ‘इन्टिग्रिटी’ प्रवद्र्धन तथा नेतृत्व गर्ने भूमिका निर्वाह गर्नेछ।

नीतिले राष्ट्रिय सतर्कता केन्द्रलाई अनुगमन, सहजीकरण तथा समन्वयसँगै विभिन्न सरकारी निकायसँग सहकार्य गर्ने जिम्मेवारी दिएको उहाँले जानकारी दिनु भयो।

‘राष्ट्रिय सतर्कता केन्द्रलाई सदाचार नीतिको सबै डकुमेन्ट हेर्दा अनुगमन, सहजीकरण, समन्वय गर्ने, धेरै निकायहरूसँग सहकार्य गर्नेगरी कार्यजिम्मेवारी यो नीतिले दिएको छ। कार्ययोजनाको हरेक पक्षमा कहीँ न कहीँ जोडिनुपर्ने अवस्था छ,’ उहाँले भन्नु भयो ।

भट्टका अनुसार सदाचार नीति तथा कार्ययोजनामा रहेका मुख्य क्रियाकलापमध्ये राष्ट्रिय सतर्कता केन्द्रलाई विभिन्न जिम्मेवारी तोकिएको छ । तीमध्ये केही क्रियाकलाप केन्द्रले एकल रूपमा र केही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा कार्यान्वयन गर्नुपर्नेछ ।

सरकारले राष्ट्रिय सदाचार नीति कार्यान्वयनमार्फत सार्वजनिक निकायमा सदाचार, पारदर्शिता, जवाफदेहिता र सुशासनलाई संस्थागत गर्ने लक्ष्य राखेको छ ।

नीतिको कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायलाई सहभागी गराई तोकिएको समयसीमाअनुसार प्रगति अनुगमन गर्ने तयारी गरिएको छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन,मातृभाषा पत्रकारिताको अवस्था र अधिकारबारे बहस

काठमाडौं,२५ साउन । सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । नेपाल

अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणी स् ‘प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु

काठमाडौं,२५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने मन्त्री मेहताको भनाई

काठमाडौं,२५ साउन । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण

बहस हुनुपर्ने धेरै कुरा थियो तर कालो चस्माको भयो : सांसद यादव

काठमाडौं,२५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताउनु

मौनता तोड्दै पुरुषः घरेलु हिंसाविरुद्ध कानुनी बाटो

वास्तवमा, पुरुषको मनको कुरा सुनिदिने, उनीहरूको भावनालाई बुझिदिने र सहानुभूतिपूर्वक हेरिदिने मान्छेहरू हाम्रो समाजमा निकै कम छन्।

सरकारले निजी क्षेत्रलाई शङ्काले होइन, साझेदारका रूपमा हेर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं ,२५ साउन। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य र विश्वास आवश्यक रहेको बताउनु भएको छ