बहस हुनुपर्ने धेरै कुरा थियो तर कालो चस्माको भयो : सांसद यादव

काठमाडौं,२५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताउनु भएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले दशकौँदेखि मधेसी समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपेक्षा तथा दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायमाथि दोस्रो दर्जाका नागरिकसरह गरिने व्यवहारबारे बहस हुनुपर्ने बताउनु भयो ।

‘सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो, तर बहस अर्को तिर मोडिएको छ । दशकौँदेखि मधेसीलाई हेर्ने कालो नजर, कर्णाली र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि बहस हुनुपर्ने थियो,’ उहाँले भन्नु भयो, ‘तर आज संसद्मा बहस कालो चस्मामाथि सीमित भइरहेको छ ।’

उहाँले हटाउनुपर्ने ‘कालो चस्मा’ नभई मनमा बसेको विभेदकारी सोच भएको बताउनु भयो ।

‘बिपी कोइरालो पनि कालो चस्मा लगाउनु हुन्थियो तर उहाँको सोच कालो थिएन । दृष्टिकोण साँगुरो थिएन । हटाउनु पर्ने त्यो कालो चस्मा होइन । मनमा बसेको त्यो कालो सोच हो, उहाँले भन्नु भयो, ‘मधेसीमाथि हेर्ने कालो सोच छ । दलितमाथि हेर्ने कालो सोच छ । त्यो हटायो भने मात्र हाम्रो देश समृद्धिको दिशा तिर अगाडी बढ्न सक्छ ।’

उहाँले मधेसी, दलितलगायत समुदायप्रति रहेको विभेदपूर्ण मानसिकता अन्त्य नगरेसम्म देश समृद्धिको दिशामा अघि बढ्न नसक्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन,मातृभाषा पत्रकारिताको अवस्था र अधिकारबारे बहस

काठमाडौं,२५ साउन । सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । नेपाल

अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणी स् ‘प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु

काठमाडौं,२५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने मन्त्री मेहताको भनाई

काठमाडौं,२५ साउन । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण

बहस हुनुपर्ने धेरै कुरा थियो तर कालो चस्माको भयो : सांसद यादव

काठमाडौं,२५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताउनु

मौनता तोड्दै पुरुषः घरेलु हिंसाविरुद्ध कानुनी बाटो

वास्तवमा, पुरुषको मनको कुरा सुनिदिने, उनीहरूको भावनालाई बुझिदिने र सहानुभूतिपूर्वक हेरिदिने मान्छेहरू हाम्रो समाजमा निकै कम छन्।

सरकारले निजी क्षेत्रलाई शङ्काले होइन, साझेदारका रूपमा हेर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं ,२५ साउन। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य र विश्वास आवश्यक रहेको बताउनु भएको छ