अश्लील भिडियोबारे ज्ञानेन्द्र शाहीको टिप्पणी स् ‘प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु

काठमाडौं,२५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन चुनौती दिनु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूविरुद्ध गम्भीर आरोप लगाइएको भन्दै संसदको स्वास्थ्यसम्बन्धी निकाय तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गर्नु भएको छ ।

उहाँले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गर्नु भयो ।

‘माथि खाइ न पाइ छालाको टोपी लाई भन्ने उखान चरितार्थ भएको छ । ममाथि गम्भीर किसिमका आरोपहरू लगाइएका छन् । रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएको छ,’ उहाँले भन्न्ुा भयो ।

शाहीले प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर आफूले देश र संसदलाई साक्षी राख्दै स्वास्थ्य परीक्षणका लागि अपिल गरेको बताउनु भयो ।

‘यही संसदमा स्वास्थ्य विभाग छ । स्वास्थ्यकर्मीसहितको विभागको टोली छ । चिकित्सकको टोलीबाट शरीरको प्रत्येक अंग जाँच गरियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मेदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको वा देखिएको प्रमाणित भयो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु,’ उहाँले भन्न्ुा भयो ।

उहाँले आफूविरुद्ध आरोप लगाउने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने व्यक्तिहरूको समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनु भयो ।

शाहीले सामाजिक सञ्जालमा भेटिएको अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएको दाबी गर्नु भयो । उक्त भिडियो आफ्नो भएको प्रमाणित भए आफूले राजनीतिक जीवनबाटै संन्यास लिने घोषणा गर्नु भयो ।

‘सामाजिक सञ्जालमा भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गर्नेहरूसम्बन्धी कुरा हो । सम्माननीय सभामुख महोदय, म तपाईंको संसदको सदस्य हुँ । संसदको गरिमा र मर्यादा कायम गर्नु मेरो कर्तव्य हो । तपाईं मेरो अभिभावक हुनुहुन्छ,’ उनले भने ।

उहाँले उक्त भिडियो आफ्नो भए अनुसन्धानबाट प्रमाणित गर्न चुनौती दिँदै आफू राजनीतिक जीवनबाट संन्यास लिन तयार रहेको बताउनु भयो ।

‘उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट संन्यास लिन्छु,’ उहाँले भन्न्ुा भयो ।

तर, भिडियो आफ्नो नभएको अवस्थामा गलत सूचना फैलाउने व्यक्तिमाथि प्रहरीले कारबाही गर्नुपर्ने उहाँको माग छ । यस विषयमा प्रहरीमा निवेदनसमेत दिइसकेको उहाँले जानकारी दिनु भयो ।

‘यदि त्यो भिडियो मेरो होइन, गलत सूचना दिइयो भने प्रहरीले कारबाही किन गरेको छैन रु सरकारले त्यस्ता व्यक्तिलाई कारबाही किन गरेको छैन रु यसको जवाफ माग्छु म । किनभने प्रहरीलाई निवेदन दिइसकेका छौँ,’ शाहीले भन्न्ुा भयो ।

उहाँले सामाजिक सञ्जालमा फैलाइएका आरोप र सामग्रीका कारण आफ्नो चरित्र तथा राजनीतिक प्रतिष्ठामाथि प्रश्न उठाइएको भन्दै त्यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

काठमाडौं,२५ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज, कागजात, तथ्य तथा प्रमाणको संरक्षणलाई सरकारले गम्भीरताका साथ अघि बढाएको बताएका छन्। सोमबार बसेको

विराटनगर जुट मिल फेरि सञ्चालन गर्ने तयारीमा

विराटनगर , २५ साउन ।वर्षौंदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ। मिलको आर्थिक, प्राविधिक र कानुनी अवस्था अध्ययन गर्न

चार महिनापछि कूटनीतिक भेटघाटमा सक्रिय प्रधानमन्त्री बालेन्द्र शाह

काठमान्डौं ,२५ साउन । सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह कूटनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ। यसअघि विदेशी राजदूत तथा पाहुनासँग एक्लाएक्लै भेट

मधेशबाट दाइजो प्रथाविरुद्ध राष्ट्रिय अभियान सुरु गरिने

काठमाडौं,२५ साउन । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

श्रीकृष्ण रथयात्रा : धर्म, संस्कृति र दमकको साझा पहिचानको अभियान

श्रीकृष्ण रथयात्राको अर्को महत्वपूर्ण पक्ष सामाजिक एकता हो। धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजलाई विभाजित होइन, जोड्ने काम गर्नुपर्छ।

नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन,मातृभाषा पत्रकारिताको अवस्था र अधिकारबारे बहस

काठमाडौं,२५ साउन । सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । नेपाल