मधेशबाट दाइजो प्रथाविरुद्ध राष्ट्रिय अभियान सुरु गरिने

काठमाडौं,२५ साउन । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ।

छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा सहकार्यका विषयमा विचारविमर्श भएको थियो। मधेशबाट अभियानको सुरुआत गरी क्रमशः देशभर विस्तार गर्ने तथा अभियानलाई समुदायस्तरसम्म पु¥याउने विषयमा समेत छलफल गरिएको थियो।

दाइजो प्रथा महिलामाथिको आर्थिक तथा सामाजिक शोषण, लैङ्गिक विभेद र घरेलु हिंसासँग जोडिएको गम्भीर सामाजिक कुरीति भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको थियो।

मन्त्री बादीले ‘दाइजोमुक्त नेपाल’ निर्माणलाई सरकारको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनु भयो । परिवार र समुदायबाटै दाइजोविरुद्धको चेतना विस्तार गर्दै युवा, महिला, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक तथा धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलगायत सबै पक्षलाई अभियानमा जोड्नुपर्ने उहाँले बताउनु भयो ।

मन्त्री बादीले यसअघि प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीसँग पनि दाइजो प्रथा अन्त्य तथा ‘दाइजोमुक्त नेपाल’ अभियानका विषयमा छलफल भएको जानकारी गराउँदै आगामी दिनमा यस विषयमा अन्य सरोकारवालासँग समेत छलफल तथा परामर्श गरी प्राप्त राय सुझावका आधारमा अभियानलाई अघि बढाइने बताउनु भयो ।

 

भेटवार्ताका क्रममा मधेसी आयोगले मधेशमा महिला तथा बालबालिकाले सामना गरिरहेका बालविवाह, घरेलु तथा लैङ्गिक हिंसा, शिक्षा तथा स्वास्थ्यमा पहुँचको कमी, बोक्सीको आरोपमा हुने हिंसा, बालश्रम तथा बालशोषण, मानव बेचबिखन तथा ओसारपसार, नागरिकता तथा पहिचानसम्बन्धी समस्या र महिलाको निर्णय प्रक्रियामा न्यून सहभागिता लगायतका विषयमा समेत आफ्ना राय सुझाव प्रस्तुत गरेको थियो।

दाइजो प्रथा अन्त्यका लागि ‘दाइजो नलिने, नदिने’ संस्कारको विकास, समुदायस्तरमा निरन्तर जनचेतना विस्तार, युवाको नेतृत्व र सहभागिता वृद्धि तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।

मन्त्रालयले आगामी दिनमा सम्बन्धित सरोकारवालासँग थप छलफल तथा परामर्श गर्दै प्राप्त सुझावलाई समेटेर ‘दाइजोमुक्त नेपाल’ अभियानलाई मधेशबाट सुरु गरी क्रमशः देशव्यापी रूपमा अघि बढाउने जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

काठमाडौं,२५ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज, कागजात, तथ्य तथा प्रमाणको संरक्षणलाई सरकारले गम्भीरताका साथ अघि बढाएको बताएका छन्। सोमबार बसेको

विराटनगर जुट मिल फेरि सञ्चालन गर्ने तयारीमा

विराटनगर , २५ साउन ।वर्षौंदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ। मिलको आर्थिक, प्राविधिक र कानुनी अवस्था अध्ययन गर्न

चार महिनापछि कूटनीतिक भेटघाटमा सक्रिय प्रधानमन्त्री बालेन्द्र शाह

काठमान्डौं ,२५ साउन । सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह कूटनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ। यसअघि विदेशी राजदूत तथा पाहुनासँग एक्लाएक्लै भेट

मधेशबाट दाइजो प्रथाविरुद्ध राष्ट्रिय अभियान सुरु गरिने

काठमाडौं,२५ साउन । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

श्रीकृष्ण रथयात्रा : धर्म, संस्कृति र दमकको साझा पहिचानको अभियान

श्रीकृष्ण रथयात्राको अर्को महत्वपूर्ण पक्ष सामाजिक एकता हो। धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजलाई विभाजित होइन, जोड्ने काम गर्नुपर्छ।

नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन,मातृभाषा पत्रकारिताको अवस्था र अधिकारबारे बहस

काठमाडौं,२५ साउन । सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । नेपाल