सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की

काठमाडौं ,२६ साउन । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ तथा प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्ने बताउनु भयो ।

मंगलबार नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सवारी साधनको सुरक्षासँग नागरिकको सुरक्षासमेत जोडिएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ र प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्छ । यसरी सवारी साधन आयात गर्दा यात्रु सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई ध्यानमा राखेर मैले यो कुरा राखेको हुँ।’

सडकमा गुड्ने प्रत्येक सवारी साधन जति सुरक्षित हुन्छन्, त्यसमा सवार नागरिक पनि त्यति नै आश्वस्त हुन सक्ने उहाँको भनाइ थियो ।

आईजीपी कार्कीले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले आफ्नो भूमिका निर्वाह गरिरहेको बताए । उहाँले सडक दुर्घटनाको कारण चालकको लापरवाही मात्र नभई नेपालको भूगोल, सवारी साधन र सडकको इन्जिनियरिङ पनि उत्तिकै जिम्मेवार हुने उल्लेख गर्नु भयो ।

उहाँले सडक सुरक्षा सुधारका लागि यी सबै पक्षमा समान रूपमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

युवा नेतृत्व आउनु मात्रै उपलब्धि होइन, परिणाम चाहिन्छ : रवि लामिछाने

काठमाडौं,२७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताउनु भएको छ् ।

देशभरका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका

काठमाडौं,२७ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताउनु

सरकारको अपरिपक्व कार्यशैलीले समस्या निम्त्याउन सक्छ : सांसद परियार

काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै

सेवा सुरु अघीनै सम्झौता धमाधम, दमकको तेजस डेण्टलको खास उद्धेश्य के हो ?

दमक , साउन २७ । दमकमा नयाँ डेन्टल क्लिनिक सञ्चालनमा आउनुअघि नै सेवा र सहकार्यको तयारी तीव्र बनेको छ। लामो समयदेखि दन्त क्षेत्रमा व्यवस्थापन तथा

दमक–३ बालमैत्री उन्मुख वडाको घोषणा हुँदै, सबै प्रक्रिया पूरा

दमक, २७ साउन ।बालबालिकाको अधिकार, सहभागिता र पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित दमक नगरपालिका–३ लाई बालमैत्री उन्मुख वडा घोषणा गर्ने तयारी पूरा भएको छ। नेपाललाई बालमैत्री

दमकका बिजुलीको पोलमा तारको गुजुल्टो

दमक, २७ साउन । दमकका सडक र चोकमा रहेका बिजुलीका पोलमा इन्टरनेट तथा केबल सेवाप्रदायक कम्पनीले जथाभावी झुण्ड्याएका तारको गुजुल्टो बढ्दै गएपछि दुर्घटनाको जोखिमसँगै सहरको