लगानीकर्ताको विश्वास जित्न नीतिगत स्थिरता र सुशासन अपरिहार्य छ : वीरेन्द्रराज पाण्डे

काठमाडौं,२६ साउन । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्थिर सरकार, स्थिर प्रशासनिक संयन्त्र र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा पर्याप्त लगानी आकर्षित गर्न कठिन हुने बताउनु भएको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै उहाँले लगानीकर्ताको विश्वास जित्न नीतिगत स्थिरता र सुशासन अपरिहार्य रहेको बतानु भयो ।

पाण्डेका अनुसार नेपालले विगतका आर्थिक चुनौती र अनुभवबाट पाठ सिक्दै अब लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्छ । सरकार परिवर्तनसँगै नीति, प्राथमिकता र कार्यान्वयनका ढाँचामा हुने परिवर्तनले लगानीकर्तामा अन्योल सिर्जना गर्ने भएकाले दीर्घकालीन र पूर्वानुमान गर्न सकिने नीतिको खाँचो रहेको उहाँले बताउनु भयो ।

‘निजी क्षेत्रले लगानी गर्दा दीर्घकालीन योजना बनाउँछ। तर सरकार फेरिँदा नीति फेरिने र प्राथमिकता बदलिने अवस्था रहिरहँदा लगानीकर्ताले भविष्यप्रति विश्वास गर्न सक्दैनन,‘ उहाँले भन्नु भयो ।

उहाँले कानुनी सुधार, पारदर्शिता र सुशासनमार्फत निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्ने बताउनु भयो । निजी क्षेत्रले वर्तमान सरकारबाट स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र व्यवसायमैत्री वातावरणको अपेक्षा गरेको उहाँको भनाइ छ ।

पाण्डेले नेपालको सबैभन्दा ठूलो शक्ति युवा जनशक्ति भएको उल्लेख गर्दै ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण अवस्था भएको बताउनु भयो । स्वदेशमै उद्योग, पर्यटन, हरित प्रविधि, अनुसन्धान तथा मोबिलिटी क्षेत्रका सेवामा लगानी बढाउन सके रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न सकिने उहाँको धारणा छ ।

उहाँका अनुसार उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न सके वैदेशिक रोजगारीमा निर्भरता घट्नुका साथै देशभित्रै आर्थिक गतिविधि विस्तार हुनेछ । विशेषगरी पर्यटन क्षेत्रको विकासले उद्योग, यातायात, सेवा र अन्य आर्थिक क्षेत्रलाई समेत चलायमान बनाउने उहाँले बताउनु भयो ।

अध्यक्ष पाण्डेले मोबिलिटी एक्स्पोलाई केवल सवारीसाधन प्रदर्शनीका रूपमा नहेरी नयाँ प्रविधि, नवप्रवर्तन, लगानी अवसर र भविष्यको यातायात प्रणालीबारे छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिनुपर्ने बताउनु भयो ।

उहाँले हरित ऊर्जा र विद्युतीय सवारीसाधनतर्फ विश्व आकर्षित भइरहेका बेला नेपालले पनि नीतिगत स्पष्टता र लगानीमैत्री वातावरणमार्फत यस क्षेत्रका अवसरलाई उपयोग गर्नुपर्ने बताउनु भयो ।

पाण्डेको भनाइमा, स्थिर सरकार, स्पष्ट नीति, सुशासन र निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सके नेपालले लगानी वृद्धि, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कर्णालीमा विश्वासको मत भन्दा फ्लोर र सांसद किनबेच हुन्छ : केपी खनाल

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताउनु

मन्त्री सिता बादी र अष्ट्रेलियाली राजदूत बीच भेटवार्ता

काठमाडौं, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा

‘प्रधानमन्त्री कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ?’ : सांसद स्वाँर

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही माथि प्रश्न उठाउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले

वर्षा र पहिरोले देशका ७ सडकखण्ड ठप्प

काठमाडौं,२६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको

मल अभावबारे सरकारसँग एमालेको जवाफ माग

काठमाडौं , २६ साउन । नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ माग्नु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा

केटाकेटीपनबाट देश सञ्चालन हुन सक्दैन् : अध्यक्ष राई

काठमाडौं ,२६ साउन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाउनु भएको छ