फाल्गुनन्द मार्गमा भारी मालवाहक सवारी सञ्चालनमा रोक

झापा दमक ,२६ साउन। झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने फाल्गुनन्द मार्गमा भारी मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

माङसेबुङ गाउँपालिका क्षेत्रमा अविरल वर्षाका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि ट्रक, टिपर, ट्रेलरलगायत भारी मालवाहक सवारीसाधन सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको हो।
सडक मर्मत तथा पुनःस्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङका अनुसार उपभोक्ता समितिको आग्रहमा मर्मतसम्भारको काम सुरक्षित र समयमै सम्पन्न गर्न यस्तो निर्णय गरिएको हो। अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधन भने सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ।

वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि मालवाहक सवारीसाधनका कारण विभिन्न स्थानमा जाम हुन थालेको थियो। मर्मतसम्भारको काम पूरा नभएसम्म यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन भारी मालवाहक सवारीमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ।

दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन। हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यात्रुले सास्ती खेप्दै आएका छन्। कालोपत्र हुन नसकेको सडक वर्षायाममा थप जोखिमपूर्ण बन्ने गरेको छ।

फाल्गुनन्द मार्गले झापा, इलाम र पाँचथरलाई जोड्छ। तीन जिल्लाका हजारौँ नागरिकले आवतजावत तथा कृषि उत्पादन बजारसम्म पुर्‍याउन यही सडक प्रयोग गर्दै आएका छन्। लामो समयदेखि सडक निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीयवासी असन्तुष्ट छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कर्णालीमा विश्वासको मत भन्दा फ्लोर र सांसद किनबेच हुन्छ : केपी खनाल

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताउनु

मन्त्री सिता बादी र अष्ट्रेलियाली राजदूत बीच भेटवार्ता

काठमाडौं, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा

‘प्रधानमन्त्री कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ?’ : सांसद स्वाँर

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही माथि प्रश्न उठाउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले

वर्षा र पहिरोले देशका ७ सडकखण्ड ठप्प

काठमाडौं,२६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको

मल अभावबारे सरकारसँग एमालेको जवाफ माग

काठमाडौं , २६ साउन । नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ माग्नु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा

केटाकेटीपनबाट देश सञ्चालन हुन सक्दैन् : अध्यक्ष राई

काठमाडौं ,२६ साउन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाउनु भएको छ