रोहितलाई क्यानको भावुक बिदाइ

काठमाडौं ,२६ साउन। नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई भावुक सन्देशसहित बिदाइ गरेको छ । क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि र उहाँको योगदानको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो ।

क्यानले सामाजिक सञ्जालमार्फत रोहितलाई धन्यवाद दिँदै राष्ट्रको आशा बोकेर जोश, समर्पण र अटल दृढताका साथ नेपाली टोलीको नेतृत्व गरेको उल्लेख गरेको छ । रोहितको नेतृत्वमा नेपाली पुरुष राष्ट्रिय टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै नेपाली क्रिकेटको यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षण सिर्जना गरेको क्यानले जनाएको छ ।

क्यानले टोली, देश र क्रिकेटप्रतिको रोहितको प्रतिबद्धता सधैं प्रेरणादायी रहेको उल्लेख गरेको छ । कप्तानीबाट अलग भए पनि उहाँले आगामी दिनमा पनि उस्तै भावना, गर्व र समर्पणका साथ नेपाली क्रिकेटमा योगदान दिने विश्वास क्यानले व्यक्त गरेको छ ।

‘तपाईंको नेतृत्वमा हामीले उल्लेखनीय उपलब्धि हासिल ग¥यौं र नेपाली क्रिकेट यात्राको गौरवपूर्ण हिस्सा बन्ने क्षणहरू सिर्जना ग¥यौं,‘ क्यानले भनेको छ । क्यानले रोहितको नेतृत्वलाई केवल कप्तानीको भूमिकामा सीमित नगरी नेपाली क्रिकेटप्रतिको उनको समग्र योगदानका रूपमा मूल्यांकन गरेको छ । राष्ट्रिय टोलीको नेतृत्व गर्ने क्रममा उनले देखाएको प्रतिबद्धता र समर्पणलाई क्यानले प्रेरणाको स्रोतका रूपमा उल्लेख गरेको छ ।

क्यानले आफ्नो सन्देशको अन्त्यमा ‘एकपटकको नेता, सधैं नेता’ भन्दै रोहितप्रतिको सम्मान व्यक्त गरेको छ ।

रोहितले लामो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्नु भएको थियो । उहाँको कप्तानीमा नेपाली टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिजमा प्रतिस्पर्धा गर्दै नेपाली क्रिकेटको पहिचानलाई थप बलियो बनाएको थियो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कर्णालीमा विश्वासको मत भन्दा फ्लोर र सांसद किनबेच हुन्छ : केपी खनाल

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताउनु

मन्त्री सिता बादी र अष्ट्रेलियाली राजदूत बीच भेटवार्ता

काठमाडौं, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा

‘प्रधानमन्त्री कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ?’ : सांसद स्वाँर

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही माथि प्रश्न उठाउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले

वर्षा र पहिरोले देशका ७ सडकखण्ड ठप्प

काठमाडौं,२६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको

मल अभावबारे सरकारसँग एमालेको जवाफ माग

काठमाडौं , २६ साउन । नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ माग्नु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा

केटाकेटीपनबाट देश सञ्चालन हुन सक्दैन् : अध्यक्ष राई

काठमाडौं ,२६ साउन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाउनु भएको छ