मन्त्री सिता बादी र अष्ट्रेलियाली राजदूत बीच भेटवार्ता

काठमाडौं, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ।भेटमा नेपाल–अष्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउँदै महिला सशक्तीकरण, बालअधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

 

मन्त्री बादीले राजदूत अन्स्र्टलाई मन्त्रालयमा स्वागत गर्दै उहाँको नेपाल कार्यकाल सफल तथा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो। उहाँले नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा आपसी सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिइनु भयो।मन्त्री बादीले शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अष्ट्रेलियाले नेपाललाई गर्दै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भयो। उहाँले अष्ट्रेलियाको सहयोगमा सञ्चालित लघु उद्यम विकास कार्यक्रमले गरिब तथा सामाजिक रूपमा सीमान्तकृत समुदाय, विशेषगरी महिलाको सीप, उद्यमशीलता विकास र वित्तीय पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नु भयो।

 

त्यसैगरी, अष्ट्रेलियाको छात्रवृत्ति कार्यक्रम मार्फत नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, विभिन्न क्षेत्रका पेसाकर्मी तथा सरकारी कर्मचारीको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताउँदै मन्त्री बादीले यसबाट नीति निर्माण, कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव परेको उल्लेख गर्नु भयो ।
भेटमा अपाङ्गता भएका बालबालिकाको संरक्षण, विकास तथा समावेशीकरणका विषयमा समेत छलफल भएको थियो। मन्त्री बादीले अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक सहायक प्रविधिको पहुँच विस्तार, अपाङ्गतासम्बन्धी तथ्याङ्क तथा सूचना प्रणाली सुदृढीकरण र संस्थागत क्षमता विकासमा अष्ट्रेलियाको अनुभव तथा प्राविधिक ज्ञान उपयोगी हुने बताउनु भयो।

 

त्यस्तै, सामाजिक सुरक्षा र हेरचाह अर्थतन्त्रबीचको अन्तरसम्बन्धका विषयमा चर्चा गर्दै मन्त्री बादीले महिलाले घरायसी तथा हेरचाहका क्षेत्रमा गर्दै आएको योगदानलाई आर्थिक रूपमा पहिचान र मूल्याङ्कन गर्न आवश्यक रहेको बताइन्। नेपालमा हेरचाह अर्थतन्त्रको विकास तथा महिलाको घरायसी र हेरचाहसम्बन्धी कार्यको आर्थिक गणनालगायतका विषय समेटेर राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धनसम्बन्धी नीति तर्जुमा भइरहेको जानकारी दिँदै उनले यस क्षेत्रमा अष्ट्रेलियाको नीतिगत अनुभव, अभ्यास तथा प्राविधिक ज्ञान उपयोगी हुने धारणा राख्नु भयो।

 

मन्त्री बादीले आगामी दिनमा नेपाल–अष्ट्रेलिया सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीतिगत अनुभव हस्तान्तरण, संस्थागत क्षमता विकास र जनस्तरको सम्बन्ध विस्तारसहितको पारस्परिक साझेदारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइनु भयो ।भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलियाबीचको विद्यमान सहकार्यको महत्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त  गर्नु भयो ।मन्त्री बादीले राजदूत अन्स्र्टलाई नेपालमा पुनः स्वागत गर्दै उनको कार्यकाल सफल तथा नेपाल बसाइ सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मन्त्रिपरिषद्का ५ निर्णय, शव वाहनमा लाग्ने कर छुट, अरु के के ?

काठमाडौं,२६ साउन । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट

कर्णालीमा विश्वासको मत भन्दा फ्लोर र सांसद किनबेच हुन्छ : केपी खनाल

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताउनु

मन्त्री सिता बादी र अष्ट्रेलियाली राजदूत बीच भेटवार्ता

काठमाडौं, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा

‘प्रधानमन्त्री कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ?’ : सांसद स्वाँर

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही माथि प्रश्न उठाउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले

वर्षा र पहिरोले देशका ७ सडकखण्ड ठप्प

काठमाडौं,२६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको

मल अभावबारे सरकारसँग एमालेको जवाफ माग

काठमाडौं , २६ साउन । नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ माग्नु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा