कर्णालीमा विश्वासको मत भन्दा फ्लोर र सांसद किनबेच हुन्छ : केपी खनाल

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताउनु भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले प्रदेश गठन भएको नौ वर्ष पूरा नहुँदै सात प्रदेशमा १४ जना मात्र मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन भइसकेको र ३३ जना व्यक्ति मुख्यमन्त्री पदमा पुगिसकेको बताउनु भयो।

उहाँले प्रदेश सरकार गठन र विघटनको खेल सबैभन्दा बढी राज्यको उपस्थिति र स्थिरता आवश्यक रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको बताउनु भयो।

‘प्रदेश गठन भई सञ्चालनमा आएको ९ वर्ष पूरा नहुँदै ७ प्रदेशमा बढीमा १४ जना मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन र ३३ जना उक्त पदमा पुगिसक्नुभएको छ। यो अस्थिरताको सबैभन्दा निर्भम अभ्यास कहाँ भयो भने, जहाँ स्थिरता सबैभन्दा बढी खाँचो थियो—कर्णाली र सुदूरपश्चिममा,’ उहाँले भन्नु भयो ।

देशकै सबैभन्दा विपन्न र दुर्गम क्षेत्रका नागरिक आधारभूत आवश्यकता पूरा हुने अपेक्षामा रहे पनि प्रदेश नेतृत्व भने सत्ता समीकरण र कुर्सीको खेलमा केन्द्रित भएको उहाँको आरोप थियो।

खनालले कर्णाली र सुदूरपश्चिमका नागरिकले अझै पनि आधारभूत सेवा, खाद्यान्न, स्वास्थ्य र शिक्षाका लागि संघर्ष गर्नुपरेको बताए। राज्यको उपस्थिति सबैभन्दा बढी आवश्यक रहेका यी प्रदेशमा सरकार परिवर्तन र सत्ता समीकरणको खेलले जनताको वास्तविक समस्या ओझेलमा परेको उहाँको भनाइ थियो।

उहाँले हुम्लामा सुत्केरी हुन नसकेर आमाले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको, जुम्लाका बालबालिका हिउँदमा समेत एक जोर चप्पलको भरमा विद्यालय जानुपर्ने तथा कालिकोट र मुगुका गोदाममा चामल पुग्दा चाडपर्व नै सकिसक्ने अवस्था रहेको उल्लेख गर्नु भएको छ।

‘हुम्लामा सुत्केरी हुन नसकेर एउटी आमाले बाटोमै प्राण त्याग्छिन्, जुम्लाको बालक आज पनि हिउँदमा एक जोर चप्पलको भरमा विद्यालय जान्छ। कालिकोट र मुगुको गोदाममा चामल पुग्दा चाडपर्व सकिसकेको हुन्छ,’ उहाँले भन्नु भयो।

कर्णालीका नागरिक यस्ता आधारभूत समस्यासँग जुधिरहेका बेला प्रदेशको राजधानी वीरेन्द्रनगरमा भने सत्ता जोगाउने र नयाँ समीकरण बनाउने खेल भइरहेको खनालले बताउनु भयो।

उहाँका अनुसार प्रदेश सरकारमा विश्वासको मत, फ्लोर क्रस, सांसद किनबेचको आरोप तथा सांसदहरूलाई होटलमा राखिनेजस्ता गतिविधिले राजनीतिक अस्थिरतालाई थप बढाएको छ।

उहाँले भन्नु भयो, ‘तर कर्णालीको राजधानी वीरेन्द्रनगरमा भने अर्कै व्यथा चल्छ—विश्वासको मत, फ्लोर क्रस, सांसद किनबेचको आरोप, होटल–होटलमा सांसदको सुरक्षित बसाइँ। जनता चामल कुरेर बस्छन्, सांसदहरू समीकरण कुरेर बसिरहेका हुन्छन्।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मन्त्रिपरिषद्का ५ निर्णय, शव वाहनमा लाग्ने कर छुट, अरु के के ?

काठमाडौं,२६ साउन । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट

कर्णालीमा विश्वासको मत भन्दा फ्लोर र सांसद किनबेच हुन्छ : केपी खनाल

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताउनु

मन्त्री सिता बादी र अष्ट्रेलियाली राजदूत बीच भेटवार्ता

काठमाडौं, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा

‘प्रधानमन्त्री कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ?’ : सांसद स्वाँर

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही माथि प्रश्न उठाउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले

वर्षा र पहिरोले देशका ७ सडकखण्ड ठप्प

काठमाडौं,२६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको

मल अभावबारे सरकारसँग एमालेको जवाफ माग

काठमाडौं , २६ साउन । नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ माग्नु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा