चार वर्षमा पनि सुनसान गौतमबुद्ध विमानस्थलः पूर्वाधार तयार, उडान ठप्प

भैरहवा,२६ साउन । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ ।आधुनिक पूर्वाधार तयार भएपनि विमानस्थल सुनसान छ । त्यसैले यतिबेला जनस्तरमा समस्या यात्रुको हो कि सरकारी नीतिको भन्ने वहस चर्किएको छ ।विमानस्थल बाहिरबाट हेर्दा सबै तयारी पूरा भएको देखिन्छ । आधुनिक टर्मिनल, अन्तर्राष्ट्रिय मापदण्डको रनवे, अध्यागमन, सुरक्षा व्यवस्था सबै तयारी अवस्थामा देखिएपनि त नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन् ।

 

चार वर्षअघि ठूलो अपेक्षाका साथ सञ्चालनमा आएको यो विमानस्थल अहिले सुनसान देखिन्छ । बेलामौका चार्टर उडान आउने गरेपनि नियमित अन्तर्राष्ट्रिय जहाज भने अझै फर्किएका छैनन् ।विमानस्थल प्रशासनका अनुसार पछिल्लोपटक थाई एयर एसियाले बैंकक–भैरहवा उडान सञ्चालन गरेको थियो । तर मार्चपछि त्यो पनि बन्द भयो । अहिले अक्टोबरसम्म कुनै नियमित अन्तर्राष्ट्रिय उडान छैन ।गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल निमित्त महाप्रबन्धक श्यामकिशोर साह अनुसार समस्या यात्रु नै नहुनु होइन । यात्रुलाई जहाजसम्म ल्याउने प्रणाली कमजोर हुनु हो । साहका अनुसार काठमाडौं केन्द्रित ट्राभल एजेन्सी र जनरल सेल्स एजेण्ट—जिएसएले भैरहवाबाट उडान प्रवद्र्धनमा अपेक्षित भूमिका खेलेनन् ।

 

नेपालका अधिकांश अन्तर्राष्ट्रिय एयरलाइन्सका जिएसए काठमाडौंमै केन्द्रित छन् । त्यसैले टिकट बिक्रीदेखि यात्रु व्यवस्थापनसम्मको सम्पूर्ण व्यापार राजधानीमै सीमित छ ।यसको प्रत्यक्ष असर भैरहवामा परेको छ । विमानस्थल प्रशासनले अर्को प्रश्न आफ्नै राष्ट्रिय ध्वजावाहकप्रति उठाएको छ । नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले नियमित उडान सुरु गरेको भए विदेशी कम्पनीलाई समेत सकारात्मक सन्देश जाने विश्वास विमानस्थल प्रशासनको छ ।निजी क्षेत्र भने समस्या अझ गहिरो भएको बताउँछ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स—नाट्टा—लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाका अनुसार सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई चलाउने स्पष्ट नीति बनाउन सकेको छैन ।

 

उहाँका अनुसार काठमाडौंको अत्यधिक हवाई चाप कम गर्न बुद्ध सर्किट लक्षित उडान भैरहवामा केन्द्रित गर्नुपर्छ । त्यसका लागि भारतसँगको एयर सर्भिस सम्झौता पुनरावलोकन गर्नुपर्ने उहाँको सुझाव छ ।थापाका अनुसार भारतको ई–भिसा भएका विदेशी पर्यटक बेलहिया हुँदै भारत प्रवेश गर्न नपाउने व्यवस्थाले पनि बुद्ध सर्किटको सम्भावना कमजोर बनाएको छ ।नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठका अनुसार यो केवल रुपन्देहीको विमानस्थल होइन । नारायणीदेखि पश्चिमका लाखौँ नागरिकको साझा अन्तर्राष्ट्रिय प्रवेशद्वार हो ।उहाँका अनुसार नेपाल एयरलाइन्सले दैनिक एउटा नियमित उडान सुरु गरिदिए मात्रै पनि बजारमा सकारात्मक सन्देश जानेछ । यात्रु उडान तत्काल सम्भव नभए कार्गो सेवा सुरु गर्नुपर्ने सुझाव पनि उहाँको छ ।

 

विमानस्थलमा अत्याधुनिक इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम अर्थात् आईएलएस जडान गरिएको छ । कम दृश्यतामा पनि जहाज अवतरण गराउन सक्ने यो प्रणाली नेपालकै महत्वपूर्ण पूर्वाधार मानिन्छ । तर यसको केही प्रोटेक्सन क्षेत्र भारतीय भूभागमा पर्ने भएकाले आवश्यक सहमति अझै हुन सकेको छैन ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधारको अभाव छैन । सरकारले एयरलाइन्सलाई आकर्षित गर्न विभिन्न शुल्कमा छुट पनि दिएको छ । तर नियमित उडानका लागि आवश्यक नीतिगत निर्णय, भारतसँगको प्रभावकारी कूटनीतिक पहल, स्थानीय ट्राभल बजारको सशक्तीकरण र राष्ट्रिय ध्वजावाहकको सक्रियता अझै देखिएको छैन ।यही कारण चार वर्षपछि पनि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामै छ ।२०२१ सालमा घासे हवाई मैदानबाट सुरु भएको भैरहवाको बिमानस्थल ०२३ सालमा आन्तरिक बिमानस्थलको रुपमा हालको स्थानबाट सुचारु रहेको छ ।

 

२०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्र्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए । करिब ३५ अर्बको लागतमा निर्माण भएको बिमानस्थलको ०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गर्नु भएको थियो ।करिब आठसय बिघामा फैलिएको बिमानस्थलमा तीन किलोमिटरको रनवे छ । फोर ई क्याटेगरीको बिमानस्थलमा नवौं क्याटेगरीको दमकलहरु छन् । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरण हुन सक्ने चार वटा न्यारोबडी र एक वटा वाईडबडी गरि पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ्ग गर्न सकिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा पहिलो चरणमा २ हजार ३३९ परिवारलाई लालपुर्जा वितरण गरिदै, कुन पालिकामा कतिले पाउनेछन?

दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना