दमकका बिजुलीको पोलमा तारको गुजुल्टो

दमक, २७ साउन । दमकका सडक र चोकमा रहेका बिजुलीका पोलमा इन्टरनेट तथा केबल सेवाप्रदायक कम्पनीले जथाभावी झुण्ड्याएका तारको गुजुल्टो बढ्दै गएपछि दुर्घटनाको जोखिमसँगै सहरको सौन्दर्यमाथि समेत प्रश्न उठ्न थालेको छ।
तपाईंले दमकका सडकमा हिँड्दा बिजुलीका पोलमा अस्वाभाविक रूपमा थुप्रिएका तारका गुजुल्टो देख्नुभएको हुन सक्छ। कतिपय पोलमा एउटै कम्पनीका मात्र होइन, विभिन्न इन्टरनेट तथा केबल कम्पनीका तार एकै ठाउँमा बेरिएका छन्। हेर्दा सामान्य लाग्ने यस्ता तारले कुनै बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

दमकमा अहिले गल्ली–गल्लीमा इन्टरनेट कम्पनीका सेवा विस्तार भएका छन्। ग्राहकको घरसम्म सेवा पु¥याउन तार तान्नु आवश्यक भए पनि त्यसका लागि आफ्नै पोलको व्यवस्था नगरी विद्युत्का पोलमा निर्भर हुने प्रवृत्ति बढेको छ। विद्युत् प्राधिकरणले पोलको भार र क्षमताका आधारमा संरचना व्यवस्थापन गर्ने भए पनि त्यसैमा थपिँदै गएका इन्टरनेट तथा केबलका तारले पोलमा अतिरिक्त भार थपिरहेका छन्।समस्या केवल तार तान्नेसम्म सीमित छैन। सेवा विस्तार वा मर्मतका क्रममा प्रयोगविहीन तार हटाउने, व्यवस्थित गर्ने र पोलमा सुरक्षित ढंगले राख्ने काममा समेत लापरबाही देखिन्छ। एउटै पोलमा एकपछि अर्को गर्दै थपिएका तारका गुजुल्टो अहिले दमकका धेरै स्थानमा सहजै देख्न सकिन्छ।

यस्ता तार चुँडिएर सडकमा खसेमा पैदलयात्री तथा सवारीसाधन जोखिममा पर्न सक्छन्। विद्युत्को तारसँग सम्पर्कमा आएर आगलागी वा करेन्ट फैलिने अवस्था सिर्जना भए त्यसको असर आसपासका घर तथा बस्तीमा समेत पर्न सक्ने जोखिम छ। अझ भीडभाड हुने बजार क्षेत्र र सार्वजनिक कार्यक्रम आयोजना हुने स्थानमा यस्तो जोखिमलाई सामान्य रूपमा लिन नहुने सरोकारवालाको भनाइ छ। यही अवस्थालाई मध्यनजर गर्दै दमक नगरपालिका–६ ले वडामा सक्रिय इन्टरनेट तथा केबल व्यवसायीलाई बोलाएर छलफल गरेको छ। वडाले व्यवसायीका समस्या सुनेपछि पोलमा रहेका अव्यवस्थित तार तत्काल हटाउने निष्कर्ष निकालेको छ।

वडा कार्यालयले कुन कम्पनीका तार कुन–कुन पोलमा रहेका छन् भन्ने विवरणसमेत अवलोकन गरी साउन २९ गतेसम्म तार व्यवस्थापन गर्न चेतावनीसहितको सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयभित्र अव्यवस्थित तार व्यवस्थापन नभए वडा, नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा तार काटेर हटाउने अभियानसमेत सञ्चालन गर्ने वडा अध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभएको छ ।

यसअघि पनि अव्यवस्थित तारका कारण दमकको सडक सौन्दर्यमा असर परेको भन्दै पटक–पटक आवाज उठ्दै आएको थियो। अब भने वडाले समस्या समाधानका लागि सक्रियता देखाएको हो।विशेषगरी आगामी भदौ २० गते दमकमा आयोजना हुने बृहत् श्रीकृष्ण रथयात्रालाई समेत मध्यनजर गर्दै पोलमा रहेका तार व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ। रथयात्राको मार्गमा रहेका यस्ता तार रथको आवागमनमा बाधक बन्न सक्ने तथा दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले समयमै व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

इन्टरनेट र केबल सेवा आजको आवश्यकता हो। तर सेवा विस्तारका नाममा सार्वजनिक संरचना असुरक्षित बनाउने छुट कसैलाई छैन। त्यसैले ग्राहकको घरसम्म तार पु¥याउनु मात्र होइन, प्रयोगमा नरहेका तार हटाउने, नयाँ तार व्यवस्थित गर्ने र सार्वजनिक सडक तथा पोललाई सुरक्षित राख्ने जिम्मेवारी पनि सम्बन्धित व्यवसायीले लिनुपर्ने देखिन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा