दमक–३ बालमैत्री उन्मुख वडाको घोषणा हुँदै, सबै प्रक्रिया पूरा

दमक, २७ साउन ।बालबालिकाको अधिकार, सहभागिता र पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित दमक नगरपालिका–३ लाई बालमैत्री उन्मुख वडा घोषणा गर्ने तयारी पूरा भएको छ। नेपाललाई बालमैत्री राष्ट्र बनाउने सरकारको योजनाअनुसार स्थानीय तहबाटै बालमैत्री वडा घोषणा गर्दै क्रमशः पालिका, प्रदेश हुँदै वि.सं. २०८७ सम्ममा नेपाललाई नै बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्य राखिएको छ। सोही अभियानअन्तर्गत दमक–३ ले आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी बालमैत्री उन्मुख वडा घोषणाका लागि तयारी पूरा गरेको हो।

वडा बालमैत्री घोषणाका लागि आवश्यक सबै चरण र प्रक्रिया पूरा भएपछि सोमबार दमक–३ वडा कार्यालयमा जिल्ला समन्वय समिति झापा, दमक नगरपालिका तथा सरोकारवाला निकायका प्रतिनिधिको टोलीले वडाको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो। अवलोकनका क्रममा वडाको वर्तमान अवस्था र बालमैत्री सूचकसम्बन्धी तयार पारिएको कार्यपत्र शिक्षक शेषकुमार निरौलाले प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमा प्रस्तुत तथ्यका आधारमा दमक–३ बालमैत्री उन्मुख वडा घोषणा गर्न योग्य रहेको निष्कर्ष निकालिएको थियो।

सोही आधारमा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालले दमक–३ लाई बालमैत्री उन्मुख वडा घोषणाको प्रमाणपत्र दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले दमकका सबै वडालाई आगामी भदौभित्र बालमैत्री घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले आगामी भदौ गते बाल दिवसका अवसरमा दमक नगरपालिकालाई नै बालमैत्री नगर घोषणा गर्ने तयारी समेत भइरहेको जानकारी दिनुभयो।

वडाध्यक्ष नवीन बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका विभिन्न सरोकारवाला तथा शिक्षा क्षेत्रका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो। बालमैत्री उन्मुख वडा घोषणाले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता तथा विकासका अधिकारलाई स्थानीय तहको नीति र अभ्याससँग जोड्दै लैजान थप आधार तयार गरेको जनाइएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

युवा नेतृत्व आउनु मात्रै उपलब्धि होइन, परिणाम चाहिन्छ : रवि लामिछाने

काठमाडौं,२७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताउनु भएको छ् ।

देशभरका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका

काठमाडौं,२७ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताउनु

सरकारको अपरिपक्व कार्यशैलीले समस्या निम्त्याउन सक्छ : सांसद परियार

काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै

सेवा सुरु अघीनै सम्झौता धमाधम, दमकको तेजस डेण्टलको खास उद्धेश्य के हो ?

दमक , साउन २७ । दमकमा नयाँ डेन्टल क्लिनिक सञ्चालनमा आउनुअघि नै सेवा र सहकार्यको तयारी तीव्र बनेको छ। लामो समयदेखि दन्त क्षेत्रमा व्यवस्थापन तथा

दमक–३ बालमैत्री उन्मुख वडाको घोषणा हुँदै, सबै प्रक्रिया पूरा

दमक, २७ साउन ।बालबालिकाको अधिकार, सहभागिता र पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित दमक नगरपालिका–३ लाई बालमैत्री उन्मुख वडा घोषणा गर्ने तयारी पूरा भएको छ। नेपाललाई बालमैत्री

दमकका बिजुलीको पोलमा तारको गुजुल्टो

दमक, २७ साउन । दमकका सडक र चोकमा रहेका बिजुलीका पोलमा इन्टरनेट तथा केबल सेवाप्रदायक कम्पनीले जथाभावी झुण्ड्याएका तारको गुजुल्टो बढ्दै गएपछि दुर्घटनाको जोखिमसँगै सहरको